अखिल क्रान्तिकारीको मतगणनाः गृहमन्त्री शर्माका भाई अगाडि
- काठमाडौं ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा भइरहेको छ । विहान ९ बजेबाट गन्ने भनिएपनि केही समय पहिले मात्रै गणना सुरु भएको हो ।
अहिले एक नम्बर बुथको मतगणना भइरहेको छ । गणनामा सहभागी एक नेताका अनुसार अध्यक्षका उम्मेदवार गृहमन्त्री जनार्दन शर्माका भाई अनिल शर्माले लिड गरिरहेका छन् । मतान्तर धेरै फराकिलो नभएको बताइएको छ ।
मतदानस्थलमै रहेका उपाध्यक्षका उम्मेदवार दलबहादुर जिसीले भने अहिले नै कसले अगाडि र पछाडि भन्न नसकिने बताए । एक नम्बर बुथमा दुबै पक्षबीच कडा प्रतिस्पर्धा भइरहेको जिसीले बताए । जिसी अध्यक्षका अर्का उम्मेदवार रन्जित तामाङको प्यानलबाट उपाध्यक्षको उम्मेदवार हुन् ।
नयाँ नेतृत्वको लागि बुधबार दिउँसो २ः३० बाट सुरु भएको मतदान साँझ ७ बजेसम्म चलेको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...