रेणुका श्रीमान भन्छन् - देवीको ऋण तिरिन्छ, मज्जाले जितिन्छ
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi_OzaUb3bAgeVor0ghYwXPe_ZfH7abnxfvXJBJfeTjVPSGlOvUAGCfEhg4XR45l4a8GEa6M6TCJMiEkoXKjGMUzLgYXF2sIcnS6p-mBxY8jQ0Gkw7t_TvHVOWVHiHQC5Ba-hAWn7yHkabR/s1600/arjun.jpg)
- काठमाडौं ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ को पुनः मतदान जारी रहँदा प्रमुख पदका दाबेदार एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल दुवैले आफू जित्ने दाबी गरेका छन् ।
प्रचण्ड गर्मीका बीच बिहान ७ बजेबाट सुरु भएको हो । ज्ञवाली र दाहाल दुवै मत खसालेपछि विभन्न मतदान केन्द्रमा पुगेर मतदातासँग भोट मागिरेहका छन् । वडाका ६ वटा मतदान केन्द्रमा मतदान जारी छ । यद्धपि मतदाताको संख्या भने निक्कै न्यून छ ।
रेणुका पति अर्जुन पाठकले जित सुनिश्चित रहेको दाबी गरे । ‘अनेक खालका गलत प्रचार भए पनि अत्याधिक मत हाम्रो पक्षमा खसेको छ’, रेणुसँगै निर्वाचनमा खटिएका पाठकले भने, ‘हामी मज्जैले जित्छौं ।’ उनले १९ नम्बर वडाबाट ‘देवीको ऋण तिरेर’ केही मतले अग्रता लिने बताए ।
‘यति नै भोट आउला भन्ने अनुमान गर्न त सकिंदैन’, उनले भने, ‘तर अहिलेसम्मको ऋण तिरेर केही मतले अगाडि भइन्छ ।’ २९ वडा रहेको भरतपुर महानगरका १९ र २० नम्बर बाहेकको मतगणना सकिँदा देवी रेणुभन्दा ७ सय ८४ मतले अगाडि छन् । पाठकले वडा नम्बर २० मा पनि देवीको भन्दा रेणुको मत ३ सयले बढी रहेको दाबी गरे ।
प्रतिकृया दिनुहोस्
Loading...