संस्मरणः माल्कोटमा स्थानिय निर्वाचन खारेजी
एकीकृत जनक्रान्तिको व्यावहारिक प्रयोग अथवा वर्गसंघर्ष । जसको एक खुड्किलो वा कडी थियो कथित स्थानिय निर्वाचन ०७४ को खारेजी । मेरो जन्मस्थल कालिकोटको माल्कोट जाने अवसर जुट्दा जहिलेपनी म खुसि हुने गर्छु । आफन्त, साथीभाई, पार्टीका कमरेडहरु, जनयुद्धमा कालिकोटको भुमिका र ईतिहास, वनजंगल, हरियाली, निलो सिरुपाते कर्णाली नदी आदी कुराहरुले मलाई जहिलेपनि कालिकोट र मालकोटले आक्रसित गर्छ ।
जनयुद्ध र गा्रमिण वर्गसंघर्षका कथा÷गाथाहरु सुन्दा मलाई भगत सिँह र चन्द्रशेखर आजादका जस्ता कथाहरु मेरै जन्मथलो कालिकोट र माल्कोटमा छन् र त्यस्ता विद्रोहहरु भएका थिए जस्तो लाग्छ । मात्र वाँकि छ त तिनिहरुको खोज अध्ययन र प्रचारप्रचार । त्यसमा पनि त्यहाँका जनतामा भएको क्रान्तिकारीपन,पार्टी र क्रान्तिप्रतिको प्रतिवद्धता तथा निरन्तरताले मलाई जहिले पनि लोभ्याउछ ।
सुर्खेतबाट कालिकोटको वस चड्नुभन्दा अघि एक डिव्वा इनामेल र एक थान व्रस किन्ने सोच बनाए र किने । कालिकोट र दैलेखको सिमाना कालेखोलासम्म करिव १० घण्टाको वस यात्रापछि कालेखोलादेखि एक विदेशी संस्थाले वनाईदिएको झुलुङ्घे पुल तरेर खुलालुत्यसपछि २ घण्टाको ठाडो उकालो, अनि लालु र माल्कोटका बाटोभएका कसैलेपनि नछोएका र पानिले पखालेर सफाचट पारेका चिल्ला ढुँगाहरु मेरालागी क्यानभास भए ।
अनि तिनीहरुमा मैले पार्टीका पछिल्ला मुख्य÷मुख्य नाराहरुले पोतिदिए ।नारा लेख्दैगर्दा बाटोमा प्रहरीसंग जम्काभेट भयो उनिहरुले हामीलाई केरकार गरे र पक्राउ गर्न समेत खोजे तर अनिहरुको आन्तरिक मतभेद र हामीलाई चिन्न नसकेर छोडीदिए तर चेतावनी भने दिएर गए । उनिहरुले भनेकि मैले उनिहरुको अपमान गरेरे, उनिहरुकै अगाडी कथित स्थानिय निर्वाचन खारेज गरौँ भन्ने नारा लेखेर । वाटोमा मेरा साथी थिए संगै गएका भाई संगा्रम अनि गाँउबाट हामीलाई लिन आएका सानीमा धनसरा र वहिनीहरु रस्मी र मनास्लु ।
मनास्लु उमेरले सात वर्षकी भई तरपनि उसको पिठिउँमा मेरो भन्दा ठुलो भारी थियो । घरको लागी खाध्यान्न, कपाडा लगायतका सामानहरुले भरिउको उसको डोको देखेर कताकता मन पोल्यो । हाम्रो गाँउमा भएको विकासको गति देखेर । अझै सम्म पनि सडकले नछोएको हाम्रो गाँउका लागी यी साना नानीहरुको पिठिउँमा उनिहरुभन्दा ठुला भारीहरुहुनु सामान्य हुन । घटनाहरु सामान्यहुन्छन तर भोगाईहरु असामान्य हुन्छन् । त्यो दृष्य देख्दा जीवन शर्माको “सानै छ भुन्टेतर पिठिउँमा छ भारी, डरैडरले तपैतपले हिड्छकठैवरी” भन्ने गितको सम्झना भयो ।
कालेखोलाबाट करिव ४ घण्टाको उकालो बाटो पछि माल्कोट पुग्दा जनताका घरका छतहरुमा कम्युनिष्ट पार्टीका झण्डाहरु फरफराईरकेका देखिए । गाउँको सुरुकै रुखमा हँसिया हतौडा अंकित ठुलो झण्डा फरफराईरहेको थियो । लाग्यो चुनावमा भाग लिने भन्दा खारेजि गर्नेहरुलाई उत्सव लागेको छ ।
निरन्तर क्रान्ति जनताको लागी निरन्तर उत्सव हो भन्ने कुरा चरितार्थ भएजस्तो लाग्यो । माथि हरियो जंगल, घरहरु, सफा स्वच्छ हावा, घरका छतहरुमाहँसिया हतौडा अंकितराता झण्डाहरु फरफराईरहेको अनि मानिसहरु यत्रतत्र बारीमा काम गरिरहेको दृष्य एउटा सुन्दर चित्रको रुपरेखा जस्तो देखिन्थ्यो आँखाका सिमा सिमा सम्म ।
२२ गते गाँउमा पुगेपछि हाम्रो पहिलो काम जनतामा जागरण कार्यक्रमहरु संचालन गर्ने भयो । यसको लागी घरका छतमा कम्यूनिष्ट पार्टीको झण्डा राख्ने, माईकिङ्घ गर्ने, भित्तेलेखन, प्रचार प्रचार, वैठक छलफल र भेटघाटहरु तिव्र पारियो । यस क्रममा राईटा, विथलडाडा, ढम्पाटा, राताखाल लगायतका ठाउँमा नेकपाका नेता कार्यक्रता र युवाहरुको टिमहरु कथित स्थानिय निर्वाचन विरोधी प्रचार प्रचारमा पुग्न थाले ।
भेटघाट र छलफलका क्रममा जनताहरु र केही उम्मेदवार समेत हरु हाम्रो पार्टीको निति, विचार र योजनासंग निकै नै सहमत हुन्थे ।हामीले सर्वप्रथम पार्टीको योजना अनुरुप कथित स्थानिय निर्वाचन खारेजीको पक्षमा जनताको घरदैलोमा पुग्ने र यो निर्वाचनको अन्तर्यमा रहेको जनविरोधी र राष्ट्रघाति चरित्रको पर्दाफास गर्ने कार्यक्रम सम्पन्न गरेउँ ।
यस पटक मैले धेरै स्थानिय मानिसहरुलाई नजिकबाट चिन्ने र सहकार्य गर्ने मौका पाए । २०५८ सालपछि निरन्तर कालिकोट जिल्ला वाहिर रहेकाले यस पटक व्यक्तिगत रुपमा उनिहरुसंग सहकार्य गर्ने लामो अवसर पाईयो । जनताको क्रान्ति र पार्टी प्रतिको सर्मपण र प्राथमिकता देखेर वास्तममा जनयुद्धको आधारइलाका त्यत्तिकै भएको होइन भन्ने कुराको गहिरो अनुभुति भयो ।
यसअैविच माल्कोट गाविसको वडा न ४ लाई कथित स्थानिय निर्वाचन निषेधित क्षेत्र घोषणा गरियो । जनताहरु खारेजि आन्दोलनमा निकै नै उत्साहित भएर सहभागि भएका थिए । दलाल संसदिय व्यवस्थाको यो निर्वाचनमा निकै नै तल्लो स्तरका गतिविधि र हतकण्डाहरु अपनाईएको पाईयो जस्तोकी आर्थिक प्रलोभन देखाउने, जनतालाई राज्य शक्ति देखाएर आतंकित पार्ने, जाड रक्सीको अत्यधिक प्रयोग गर्ने आदि ।
यी सवैका वावजुत नेकपाको निर्वाचन खारेजिको अभियान माल्कोटमा तिव्र गतिमा अगाडी वढेको थियो । यसै विच एउटा समस्या आईपर्यो । जसै निर्वाचन नजिक आउदै थियो प्रहरी र सेनाले गाँउ गस्ती गर्ने, नेकपाका नेता कार्यक्रताहरुलाई खारेजीको प्रचारमा गाँउ जान नदिने, प्रक्राउ गर्ने र गाँउ र हाम्रो संभावित वस्ने ठाउँहरु कव्जा गर्ने रणनिति अपनायो ।
यसले जनता र नेकपा विचको सम्वन्ध तोड्न सकिन्छ भन्ने उनिहरुको आकलन थियो । तर हामीले रातिको समयमा जनसम्पर्क स्थापना गर्ने र छलफल गर्ने क्रमलाई तिव्र वनायौ । २८ गतेको राति कोलडाडामा सयौँको संख्यामा मसाल जुलुस सम्पन्न गरियो । यस घटनाले संसदवादीहरुमा एक प्रकारको आतंकको सिर्जना भयो ।
जन निर्वाचनको दिन आयो सेना र प्रहरीहरुले गाँउमा गस्ति गरिनै रहे । नेकपाका कार्यक्रताहरुलाई जनतासम्म पुग्न नदिने र जनतालाई निर्वाचनमा भाग लिनुपर्छ भनि दवाद दिन थाले । यसै क्रममा दिनको करिव २ बजेदेखि नै माल्कोटका जनता र विषेशगरी युवाहरुले यो निर्वाचन जनताको पक्षमा नभएको र जनताको मुक्तिको आकंक्षालाई पुरा गर्न नसक्ने भएकाले यसको खारेजिको लागी मतदान केन्द्र नजिक विरोध र असहमति व्यक्त गरिरहे । यो क्रम बढ्दै जादाँ प्रहरी र जनताको विचमा झडपको स्थिति उत्पन्न हुन थाल्यो।
जनताले शान्तिपुर्ण आन्दोलन गरिरहेको र निर्वाचन खारेजिको पक्षमा आवाज उठाईरहेको वेला प्रहरीले करिव ५ बजे मतदान केन्द्रमा रहेका दलाल संसदिय व्यवस्थाको कथित स्थानिय निर्वाचन विरोधि जनताहरुमाथि एक्कासी अन्धाधुद १० राउण्ड गोलि प्रहार गर्यो । गोली लागी धनरुप बटाला, व्यासी विश्वकर्मा, दान व बटाला लगायत ४ जना स्थानिय वासिन्दाहरु घाईते भए ।
त्यसपछि माल्कोटको सेरापाटा वुथ युद्धमैदानमा परिणत भयो । एकातिरकोठाभित्र प्रहरी र निर्वाचन टोली र वाहिर जनताको आन्दोलन र घाईतेहरुको रगतको खोला । त्यसपछि घरघरबाट महिला, वृद्ध, बालवालीका लगायत सवै जनताहरु निर्वाचन र प्रहरीका विरुद्ध प्रतिरोधमा उत्रिन थाले । महिलाहरु वच्चा वोकेर प्रतिरोधमा गईरहेको, युवाहरु अगाडीको रणमैदानमा रहेको, अनि प्रहरीका गोलिका वावजुद सवै जनताहरु वुथकेन्द्र कव्जा गर्न गईरकेको दृष्य नेकपाले आठौँ महाधिवेशनमा प्रकाशित गरेको पोष्टरमा देखिने दृष्य जस्तै थियो ।
त्यसको करिव आधा घण्टा पछि प्रहरी र निर्वाचन टोलीले जनताका सामु आत्मसर्मपण गर्यो र त्यहाँ मतपत्र र झोलाहरु छोडेर भाग्यो । नेपाली सेना भने निकैनै सम्यमित भएको थियो । उनिहरु जनताको आन्दोलन र विद्रोहको विपक्षमा गएनन्, सहकार्य गरे । उनिहरुलाई जनताले विष्कुट, पानी लगायतका खानेकुराहरु दिएको दृष्य निकैनै मार्मिक थियो । त्यसपछि जनताले मतपत्र जलाए र कथित स्थानिय निर्वाचन खारेज गरौँ, नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद, एकिकृत जनक्रान्ति जिन्दावाद, नेपाली सेनालाई सलाम जस्ता नारा लगाए ।
त्यसमा नेपाली सेनाको सकारात्मक भुमिका पछि जनताले प्रहरी वाईवाई नेपाली सेना हाईहाई भन्ने नाराहरु पनि लगाए । सेनालाई त्यहाँबाट विधाई गरि घाईतेको उपचार गर्न थालियो । नाईट भिजन हेलिकप्टर पठाउन र वसाल्न सकिएको भए गम्भिर घाईते र राति २ बजे वित्नुभएका धनरुपवटालालाई वचाउन सकीन्थ्यो ।तर अत्यन्तै प्रतिकुल मौसमका कारण त्यो काम संभव भएन । विहान पनि नेकपाले पठाएको हेलीकप्टर लाई वस्न नदिएकोबाट पनि सरकारको नियत प्रस्ट हुन्छ ।
कालिकोट जिल्लाको माल्कोट गाँउमा २०५४ चैत्र २६ गते निशस्त्र महिलाहरुले शसस्त्र प्रहरीको वन्दुक खोसेको १९ वर्ष पछि फेरी एक चोटी माल्कोटले यो शासन र राज्य व्यवस्था विरोधी आफ्नो आवाजलाई रगतको मुल्य चुक्ता गरेर भएपनि सवैको कानहरुमा गुन्जीरहेने गरी सुनाएको छ । ०५४ सालको महिला प्रतिरोध र अहिलेको चुनाव खारेजीका धेरै कुरा समान छन्, सवै नभनौ तात्तीक भिन्नता छैन ।
त्यो वेला पनि तत्कालीक राज्य व्यवस्था र शाशकहरुका विरुद्धको विद्रोह थियो अहिले पनि त्यो त्यही नै छ । वदलिएको चिज केही छ भने त्यो मात्र समय हो, केही व्यक्तिहरुको पक्षधरतालाई पर राख्ने हो भने । माल्कोटको व्यवस्थाविरोधी विद्रोही चरित्र पुरानो हो । रातोखवरमा छापिएको नेकपाका प्रवक्ता क प्रकाण्डको सल्लारुखलाई लालसलाम भन्ने लेखबाट पनि त्यस कुराको यथेस्टहरु प्रमाण पाउन सकिन्छ ।
अहिले संसदवादीहरुले राज्य सत्तामा सवै परिवर्तन भैसक्यो भनेका छन् तर वास्तममा ती सवै फेरवदलहरु आकृतिमा मात्र भएको र गुदी प्रकृतिमा भने निरन्तरता मात्रै हो । सन् १९५० मा प्रजातन्त्र पुर्नस्थापनापछि दुई पञ्चे प्रधानमन्त्रीहरुले प्रतिनिधिसभामा रजाइँ गरे ।
पुरानो राजकीय संरचनामाथि नयाँ प्रारुपहरुको वुट्टा भरियो तर शासनमा भने सम्भ्रात वर्ग, अभिजात तथा ठालु समुहको पकड कायम रह्यो । गणतन्त्रपछिको परिस्थितिमा पनि राज्यसत्ताको वास्तवित चरित्र जस्ताको तेस्तै छ भने अस्थिर सरकारमा अंगमा तिनै राजावादीहरु, दक्षिणपन्थिहरु रनवसंसोधनवादी दलालहरुको वोलवाला रहेको छ अझ यिनिहरुको चरित्र वदलिएर विदेशिका दलालमा परिणत भएका छन् ।
देश र जनता जे सुकै होस आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त रहेका छन् । अर्थात, उल्लेखित राजनैतिक फेरवदलहरु आधाभुत नभई परम्परागत व्यवस्थाको फगत काँचुली–फेराई हो । यही कारण देशमा सामाजिक, आर्थिक राजनैतिक रुपान्तरण हुन सकेको छैन ।
जसरी माल्कोटका जनताले यो दलाल संसदिय राज्य व्यवस्था र शासनका विरुद्ध विद्रोह गरेको छन् यसबाट सम्पुर्ण क्रान्तिकारी जनसमुदायले शिक्षा लिन र यसको अनुकरण गर्न आवश्यक छ । माल्कोट गाँउले एकीकृत जनक्रान्तिको व्यवहारिक प्रयोग अथवा वर्ग संघर्षका योजनाहरु कार्यन्वयन गर्ने क्रममा एउटा ऐतिहासिक र साहसिक भुमिका निर्वाह गरेको छ ।
जनताको विद्रोही भावना र एकिकृत जनक्रान्ति प्रतिको प्रतिवद्धता र समर्पणले दलाल पुँजिवादी संसदिय व्यवस्थाको आयु लामो नरहेको सन्देश दिएको छ । जनताको शक्ति नै अन्तिम र निर्णायक शक्ति हो भन्ने कुराको व्यवहारतह प्रमाणित गरेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...