बाबुरामले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रचण्डलाई 'लभ गर्दै हिड्ने कलियुगका कृष्ण' भनेपछि...
- काठमाडौं ।
चुनावी प्रचार अभियान लिएर मधेसमा पुगेका प्रचण्डबारे सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै पुर्व हितैषी बाबुरामले उनलाई 'कलियुगका कृष्ण' भनेका हुन् । उनले आफु मधेसका लागि सवैभन्दा बढि लडेको बताउँदै फेरी पनि मधेसका लागि लड्ने बाचा गरिरहेका बेला भट्टराईले उनीप्रति ब्यङगे गर्दै कलियुका कृष्णको संज्ञा दिएका छन् ।
‘चुनावको बेला मधेसँग लभ !, सत्ताका लागि बाह्यशक्तिसँग लभ !, कमिशनकानिम्ति एनसेल, गेजुवा, चुडामणिसँग लभ !’ भट्टराईले आफ्नो ट्वीटर पेजमा लेखेका छन् ‘कलियुगका कृष्णको लिला अपरम्परा छ !’
मतदात रिझाउन दाहाल रौतहटमा भन्ने कान्तिपुरको समाचार शेयर गर्दै भट्टराईले यस्तो टिप्पनी गरेका छन् । उनले चुनावका बेला मात्र मधेसँग प्रचण्डले लभ गर्ने, कमिशनका लागि एनसेल, गेजुवा र चुडामणिसँग मिलेको आरोप समेत लगाएका छन् ।
यसअघि पनि काँगेससँग चुनावी तालमेल गरेका प्रचण्डलाई बाबुराम भट्टर्राईले व्यंग्य गरेका थिए ।
२०७४ भदौ १५ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...