दाङमा एकैदिन ६ लाख बिरुवा रोपियो

  • दाङ । 
सामुदायिक वन दिवसमा दाङका विभिन्न स्थानमा वृक्षरोपण गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ दाङको आह्वानमा बुधबार जिल्लाभरि रहेका ५०० सामुदायिक वन समूहले वृक्षरोपण गरेका छन् ।
सामुदायिक वन दिवसको अवसरमा जिल्लाका ५२४ सामुदायिक वन समूहमा १८ प्रजातिका छ लाख ३२ हजार बिरुवा रोपिएको वन महासंघका अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिए । 

‘संघीयतामा सामुदायिक वन, स्थानीय समुदायको पहिचान’ भन्ने मूल नाराका साथ सामुदायिक वन दिवस मनाइएको हो । 

दाङको लमही, तुलसीपुर र घोराहीमा रहेका विभिन्न सामुदायिक वनमा वृक्षरोपण गरिएको महासंघले जनाएको छ ।

२०७४ साउन २६ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...