सप्तरीको बिकट बस्तीमा पुगेपछि प्रकाशले भने: बाढीपीडितको अवस्था फोटोमा देखेको भन्दा निक्कै दर्दनाक छ

- सप्तरी ।
चितवनका औषधि पसल, ब्यापारी र इच्छुक दाताहरुबाट संकलन गरेको राहत बाँड्नका लागि उनीहरु सप्तरीको रामपुरा नगरपालिकामा पुगेका हुन्। प्रकाश चन्द नेतृत्वमा गएको १६ जना विद्यार्थीको टोलीले राहत वितरणका साथै पीडितहरुको सामान्य स्वास्थ्य परीक्षणसमेत गरेको थियो।
‘हामीले रामपुरा नगरपालिकाका ८०० जनालाई उपचार गर्ने लक्ष्य लिएर यहाँ आइपुगेका छौं, आजैमात्र ३०० जनाको उपचार गर्यौँ’, चन्दले भने,‘यहाँका पीडितहरुमा जिउ दुख्ने, ब्लड प्रेसर लो हुने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, पेट दुख्ने जस्ता समस्या देखिएका छन्।’
चन्दले विस्तारै भाइरल ज्वरो र डायरियाको समस्या बाढी पीडितहरुमा देखिएको बताए। विद्यार्थीहरुले उक्त गाउँका पीडित मध्येपनि दलित र अपांगलाई विशेष प्राथमिकता दिएर आफुहरुले राहत वितरण गरेको बताएका छन्।

चन्दले १३ रोल म्याट, त्रिपाल र चाउचाउ वितरण गरेको जानकारी दिए।उनले शिविरमा रहेका पीडितहरुको अवस्था दर्दनाक रहेको र यस्तै अवस्था रहे बाढी प्रभावित वस्तीहरुमा महामारी फैलनसक्ने बताए।

उनीहरुले बाढी प्रभावित सप्तरीका गाउँहरुमा अझै केहिदिन शिविर सञ्चालन गरिने जानकारी दिएका छन्। चन्द नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य समेत हुन् ।



प्रतिकृया दिनुहोस्
Loading...