७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जादाँ १३ जनाको ज्यान मृत्यु १ सय ७५ घाइते
- एजेन्सी ।
ज्यान जानेमा ६ जना विदेशी पर्यटक रहेको रोयटर्सले जनाएको छ । स्थानीय समय अनुसार मंगलबार राति ९ बजेर १५ मिनेट जाँदा गएको भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ ।
भूकम्पको केन्द्रबिन्दु ३३ दशमलव २ डिग्री उत्तरी अक्षांश र १०३ दशमलव २ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सिइएनसीले जनाएको छ । यही ठाउँमा सन् २००८ को मे महिनामा भूकम्प जाँदा ७० हजार मानिसको ज्यान गएको थियो । अहिले उद्धारमा स्थानीय बासिन्दा र प्रहरीहरु खटिरहेका छन् ।
२०७४ साउन २५ मा प्रकाशित
प्रतिकृया दिनुहोस्
Loading...