हृदयविदारक घटना : अन्त्यष्टिका लागि जमिन नपाउदा बालकको शव कोशीमा बगाइयो (हेर्नुहोस् फोटोमा)

- काठमाडौं ।
अविरल बर्षाका कारण डुबानमा परेको तराइमा बर्षापछि मृत्यु भएका बालक कमल सदाको शब गाड्ने जमिन नभेटिएपछि उनको शबलाई कोशीमा बगाइएको छ ।
बर्षाका कारण तराइ क्षेत्रमा बढेको डुबानपछि बिरामी भएर सदाको मृत्यु भएको थियो । मृत्युपछि उनको शव कोशी नदीमा बगाइएको छ ।
परम्पराअनुसार बालकको शव जमिनमा पुर्नुपर्ने हो । तर गर्मीले शव कुहिँदै जान थालेपछि घरपरिवारले कमलको शव कोशीमा बगाई दिने निर्णयमा पुगेको हो ।
कमलको मृत्युले शोकमा डुबेको कमलको परिवारले शबलाई बगाउने निर्णय गरेपछि काकाले शवलाई बोकेर कोशी नदीमा लिएर बगाइदिए । त्यसपछि उनी कोशीको भेलमा नुहाएर फर्किए ।
यो घटनाले तराई क्षेत्रको भयवह अवस्थालाई प्रष्ट्याएको छ । जुन चित्र मानव समाजको निम्ति निकै हृदयविदारक बन्न पुगेको छ ।
यी फोटोहरू युरोपियन प्रेस एजेन्सी (ईपीए) का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेका हुन्।



मृतक बालकलाई कोशीको भेलमा छाडेपछि ।

मृतक बालक कमल सदालाई बगाएर फर्कंदै काका देवकुमार सदा ।
प्रतिकृया दिनुहोस्
Loading...