‘उपत्यकाबासीलाई चित्तबुझ्दो प्रहरी सेवा प्रदान गर्छु’- एआईजी चन्द
- काठमाडौं ।
महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीको प्रमुखमा पदस्थापन गरेका चन्दले बिहीबारबाट आयुक्त कार्यालयको कमाण्ड सम्हालेका छन् । कार्यभार समाल्दै चन्दले उपत्यकाबासीलाई चित्तबुझ्दो प्रहरी सेवा प्रदान गर्ने बताए ।
महानगरीय प्रहरीको जिम्मेवारी सम्हाल्दै डीआईजीबाट एआईजीमा बढुवा भएका चन्दले काठमाडौं उपत्यकाको शान्ति सुरक्षा चित्तबुझ्दो बनाउने बताएका प्रतिबद्धता व्यक्त गरेका छन् ।
सरकारले आइजीपी नियुक्त गरे पनि सर्वोच्च अदालतले हस्तक्षेप गरी रोकेका चन्द प्रहरीभित्र खरो र एक्सनमा उत्रने अधिकारीका रुपमा चिनिन्छन् । एसएसपी हुँदा काठमाडौं प्रहरी परिसरको प्रमुख भइसकेका चन्दले अपराध अनुसन्धान र गुण्डागर्दी नियन्त्रणमा राम्रो काम गरेर चर्चा कमाएका थिए ।
सधैँ केही न केही नयाँ कार्यक्रम लागु गर्ने र प्रहरीको मनोबल उच्च राख्दै जनता माझ प्रहरीको छवी राम्रो राख्ने चन्दको खुबि रहेको छ ।
अपराध अनुसन्धान एवं नियन्त्रणमा कहलिएका चन्द प्रहरी कारवाहीमा कुशल, जनसम्पर्क एवं अन्य निकायहरुसँग समन्वय गर्नमा पोख्त र प्रहरी संगठन भित्रकै निकै साहसी प्रहरी अधिकृत मानिन्छन् ।
चन्दलाई महानगरीय प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूले स्वागत गरेका थिए ।
२०७४ भदौ ९ गते प्रकाशित
प्रतिकृया दिनुहोस्
Loading...