पिपलको रुखले यसरी बचायो १३ जनाको ज्यान, झन्डै बच्चा फुत्किएको !
माडी भैरवपुरकी समा परियारलाई शुक्रबार राति बाँचिएलाजस्तो लागेन ।
अविरल वर्षाका कारण बाढी आएपछि जीवनको अन्तिम घडी हो भन्ने लाग्यो । एक्कासि घरमा बाढी पसेपछि उनले जीवनको आस नै मारेकी थिइन् ।
२७ वर्षीय समालाई आफ्नो भन्दा पनि चार सन्तान जोगाउनै मुस्किल पर्यो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
घाँटीसम्म पानी आएपछि छोराछोरी जोगाउन हम्मे भयो । पानीको सतह बढेका कारण अन्यत्र जान पनि सकेनन् ।
१३ जना पिपलको रूखमा
त्यसपछि घर छेउमा रहेको पिपलको रूखमा चढेर उनीहरूले ज्यान जोगाए । ८ जना बालबालिकासहित १३ जना पिपलको रूखमा बसेर जोगिएका हुन् । चार महिनाको बालकदेखि ११ वर्षकी बालिका थिए । समाका दुई छोरा दुई छोरी छन् । ‘राति सुत्न गएपछि बाढी आयो, न यता जान पाइयो न उता’, सोमाले रुँदै भनिन्, ‘पिपलको रूखमा बच्चा समातेर चार घन्टा बसियो ।’ बाढी पसेपछि उनको बस्ने बास छैन । माइत नजिक बसेकी सोमाका श्रीमान् अपांग छन् । ‘ श्रीमान् काठमाडौं भएकाले बाँच्नुभयो नत्र बाढीले लाने रै’छ’, उनले भनिन्, ‘बासको व्यवस्था गरिदिए हुन्थ्यो ।’
'झन्डै बच्चा फुत्किएको'
उनीसँगै उनकी बहिनीलाई पनि उस्तै सकस भयो । चार महिनाको छोरोसहित २४ वर्षीया सविता परियारको वास पनि पिपलको रूखमा भयो । उनकी आमा, भाउजूसहित १३ जना पिपलको रूखमा बसे । एक जना रूखमा चढेपछि बच्चालाई पालैपालो तानेका थिए । राति ८ बजेदेखि साढे १२ बजेसम्म उनीहरू रूखमै बसे ।
आकाशबाट आएको पानीले बच्चा जोगाउन गाह्रो भएको आमा बुधमाया परियारले बताइन् । पानी घटेपछि स्थानीय युवाले उद्धार गरेर नजिकको शिवालय मन्दिरमा पुर्याएका थिए । ‘रातभर पिपलको रूखमा बास भयो’, बुधीमायाले भनिन्, ‘समाउँदा समाउँदै हातबाट झन्डै बच्चा फुत्किएको ।’
आकाशबाट आएको पानीले बच्चा जोगाउन गाह्रो भएको आमा बुधमाया परियारले बताइन् । पानी घटेपछि स्थानीय युवाले उद्धार गरेर नजिकको शिवालय मन्दिरमा पुर्याएका थिए । ‘रातभर पिपलको रूखमा बास भयो’, बुधीमायाले भनिन्, ‘समाउँदा समाउँदै हातबाट झन्डै बच्चा फुत्किएको ।’
घरमा बाढी पसेपछि पिपलको रूखमा चढेर ज्यान जोगाएका समा परियारको परिवार । शुक्रबार राति आएको बाढीका कारण भत्किएको माडीको चितही खोलाको पुल ।
३ सय घरमा क्षति
अविरल वर्षाका कारण गत राति माडीमा बाढी आएको हो । दिउँसोदेखि सिमसिम पानी परे पनि राति ठूलो झरी पर्यो । खहरे खोला एक्कासि बढेर बस्तीमा पसेपछि स्थानीय त्रसित भएका थिए । ‘राति बाढी आएपछि वृद्ध र बालबालिका जोगाउन गाह्रो भयो । कतिले ज्यानको आस नै मारेका थिए । बाढीका कारण खाद्यान्न, लत्ता-कपडा, भाँडा बगाएको छ’, स्थानीयले भने ।
प्रारम्भिक जानकारीअनुसार माडीमा करिब ३ सय घरमा क्षति पुगेको छ ।
२०७४ साउन २९ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...