दिल्लीमा देउवाले मोदीलाई खुसी पार्न खोजेपछि प्रचण्ड रिसले फायर
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEheLAGCNW9xd7u1nFtysXDaOZMpM5gE4QOglY_3KsEjce5XYqo8qGFmT7e0YhRh2Wu-PIl5Roqi3CtK-nNqXME9BfJrAb6ru0zX9TVwpF-rx7nak9BR5Dqj9iJV7gfZ9KvuocT9juUVMcJn/s640/Prachanda.jpg)
- काठमाडौं ।
संसदबाट टुंगिसकेको मुद्दामा प्रधानमन्त्रीले छिमेकी देशमा गएर पुनः संशोधन प्रस्ताव पेश गर्ने अभिव्यक्ति दिनु गलत भएको माओवादीको भनाइ छ ।
वीरेन्द्रनगरमा प्रेस सेन्टरले शुक्रवार गरेको पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले भने, ‘संशोधनको मुद्दा संसदबाट टुंगिसकेको छ, अब कुनै पनि हालतमा यसमा पुनर्विचार हुँदैन । संसदबाटै फेल भइसक्यो, अब यो विषयमा कसैले बोल्नु पनि उचित हुँदैन ।’
सार्वभौम संसदले गरेको फैसला सबैले स्वीकार गर्नुपर्ने भन्दै प्रचण्डले अब राजपा पनि पूर्व सहमति अनुसार चुनावमा आउने जनाए । संविधान नै असफल बनाउने खेल जारी रहेको भन्दै उनले यसका लागि तोकिएको मितिमै निर्वाचन सम्पन्न हुनुपर्ने बताए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई अब आफ्नो पार्टीले चुनावमा मुख्य एजेण्डा बनाउने माओवादीले जनाएको छ । साथै विभाजित अवस्थामा रहेका सबै माओवादीलाई एकिकरण गरेर आउँदो चुनावमा पहिलो शक्ति बन्ने रणनीति अनुसार काम भइरहेको प्रचण्डले बताए ।
मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रबिक्रम चन्दको पार्टीसँग एकताको प्रयास भइरहेको उनले उल्लेख गरे । माओवादीहरु विभाजित हुँदा आन्दोलनका उपलब्धीहरु नै खतरामा परेको उनको भनाइ छ ।
मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रबिक्रम चन्दको पार्टीसँग एकताको प्रयास भइरहेको उनले उल्लेख गरे । माओवादीहरु विभाजित हुँदा आन्दोलनका उपलब्धीहरु नै खतरामा परेको उनको भनाइ छ ।
प्रदेश नम्बर ६ माओवादीको उद्गमस्थल भएकाले पनि प्रदेश सरकार आफूहरुकै नेतृत्वमा गठन हुने माओवादी नेताहरुले दाबी गरे । प्रशिक्षणमा सहभागि हुन अध्यक्ष प्रचण्ड, नेताहरु रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेतलगायत केन्द्रीय नेताहरु सुर्खेत आएका छन् ।
२०७४ भदौ १० मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...