मैले आफूमाथि भएको बलात्कार आफैं रेकर्ड गरेँ’

  • लिलियन कन्स्टेन्टिन 
म चाहन्छु कि यो बलात्कारसम्बन्धी सबै जानकारी मानिसहरुले जानून् । यो केवल तपाईको शरीर अत्याचारको मञ्च बन्ने त्रासदीपूर्ण सत्य हुनेछैन, बरु कसरी तपाई एउटै प्रश्न पटक-पटक सोध्नुहुन्छ, त्यसको पनि कथा हुनेछ ।

यसमा यो पनि जरुरी हुन्छ, तपाई के गर्न चाहनुहुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा हो, यसबाट तपाईंले आफूलाई कसरी बचाउन सक्नुहुन्छ ।

एक वर्ष पहिला मलाई एक नचिनेको मानिसले बलात्कार गरेको थियो । त्यतिबेला म १८ वर्षकी थिएँ र घरभन्दा ६० सेकेन्डको दुरीमा थिएँ । त्यतिबेला चूक पोखेको जस्तो अँध्यारो थियो र मैले मेरो मोबाइल फोनको रेकर्ड बटन थिचिदिएको थिएँ ।लिलियन कन्स्टेन्टिन

म सोचिरहेको थिएँ कि ऊ बत्तीको संकेट देखेपछि रोकिनेछ । म चिच्याइरहेको थिएँ । मैले जोड-जोडले ‘सबै कुरा रेकर्ड भइरहेको छ, तँ चुपचाप भाग्न सक्नेछैनन्’ भनिरहेको थिएँ ।

उसले केही पनि सुनेन र मलाई जमिनमा लडाइदियो अनि बलात्कार गर्‍यो । यो सबै हुन धेरै समय त लागेन तर पनि लाग्यो कि अब सबै कुरा सकिइसकेको छ ।

ममाथि बलात्कार भइरहँदा म घरनजिकै थिएँ । त्यहाँ मलाई कुनै डर लागिरहेको थिएन ।

म दौडिएर घर पुगेँ र मेरो परिवारले प्रहरीलाई खबर गरे । उनीहरुले मलाई नुहाउन र ब्रस गर्न दिएनन् । जतिबेला तपाईं आफैंलाई फोहोरी महसुस गरिरहनुभएको छ र यस्तो बेला नुहाउन पनि रोकिन्छ भने अनौठो महसुस हुने हुन्छ ।

‘कयौंपटक चोइटिनुहुन्छ तपाई’

ममाथि भएको यौन हमलाको जाँचबुझ गर्न रेफरल सेन्टर जानको लागि भनियो । त्यो ठाउँ मेरो घरभन्दा ४५ मिनेट टाढा थियो, जहाँ तपाईको शरीरको फोरेन्सिक जाँच हुन्छ । त्यहाँ तपाईंको जाँच भइरहेको बेला सबै कपडा फुकाएर धातुको ओछ्यानमा सुत्नुपर्ने हुन्छ । कुनै लौरो जस्तो कुरा तपाईको यौनाङ्गमा राखिन्छ ।

यसबाट चोट र क्षति भएको बारे जानकारी मिल्छ । यौन हमला रेफरल सेन्टरमा भएकी महिला एकदमै मायालु थिइन् । उनी मेरो ट्याटुको कुरा गरिरहेकी थिइन् र उनले म पूरै सुरक्षित छु भन्ने महसुस गराइरहेकी थिइन् ।

त्यहाँ मेरो एक एसटीआई, एक एआईबी र एक प्रेग्नेन्सी टेस्ट गरियो । त्यहाँ मलाई केही ट्याबलेट दिइएको थियो । त्यो औषधी वास्तवमा एचआइभीबाट बच्नको लागि थियो । त्यो औषधी एक महिनासम्म दिनमा तीन पटकसम्म सेवन गर्नुपर्ने थियो ।

‘मसँग कयौं असहज प्रश्न सोधियो’

उक्त औषधी खाएपछि मलाई रिंगटा लाग्नुका साथै वान्ता हुन्थ्यो । म चिकित्सककोमा परीक्षणको लागि जान्थेँ । यही क्रममा मलाई महिना दिनसम्म सताइयो र मन भारी भइरह्यो । म एक सामान्य युवतीजस्तै प्रहरी चौकी जान्थेँ ।

यो क्रममा यस्तो लाग्थ्यो कि म एउटा प्रयोगशालामा प्रयोग हुने मुसाजस्तै बनाइएकी छु । म भन्नै सक्दिनँ कि डाक्टरले बलात्कारको बारेमा कतिपटक सोध्यो । एकपटक त उसले बलात्कारको अन्तररंग विवरण माग्यो ।

उनले सोध्यो कि तिम्रो स्कर्ट माथि फर्काइएको थियो कि तल तानिएको थियो । उसले यो साइडमा छेडेको थियो कि ऊ साइडमा ? मैले यस्तो प्रश्न सोधिन्छ भनेर अपेक्षा गरेको थिइनँ । म पागलजस्तै रोइरहन्थेँ ।

मलाई आफैंसँग मैले यस्तो गर्न सक्दिनँ भन्ने लाग्यो । एक पटक त मैले मुद्दा फिर्ता लिने निर्णय समेत गरेकी थिएँ ।

‘मजस्ता कयौं छन्’

म एक्लै छैन जसले यस्तो घटनाको सामना गर्न परिरहेको छ । अझ यस्ता मानिसहरु धेरै छन् कि जसमाथि हमला हुन्छ तर केही पनि बोल्दैनन् । केवल १५ प्रतिशत बलात्कारपीडित मात्र प्रहरीकोमा उजुरी गर्न जान्छन् ।

यसमा ५.७ प्रतिशत मानिसले मात्र न्याय पाउँछन् । मैले सोचेँ कि म किन ती मानिसमध्ये एक बन्न सक्दिनँ ? मैले अहिलेसम्म यति काम किन गरेँ ?

म सोच्छु- यदि तपाईको अगाडि सडकबाट एकजना अपराधी पक्राउ गर्ने मौका मिल्छ भने यसको लागि तपाईले यदि त गर्नुपर्छ । म यही बाटोमा छु र यस सवालमा आफूलाई सफल बनाउन चाहन्छु । मैले मेरै ओछ्यानमा बसेर सोच्ने गरेकी छु कि यदि मैले यति गर्न सकेँ भने जे पनि गर्न सक्छु ।

जुन भिडियो मैले रेकर्ड गरेकी थिएँ, यदि यसो गरेको थिइनँ भने यौन हमलाकारीलाई सायद कहिले पनि खोज्न सकिने थिएन । यसलाई नै प्रमाणको रुपमा प्रयोग गरिएको छ । उसलाई केही आरोपमा दोषी डहराइयो र १३ वर्षको कैद सजायँ मिल्यो ।

म अदालतमा आफ्नो आमाको साथमा थिएँ । मेरो मुद्दा हेर्ने र अन्यले मलाई सहयोग गरे । महिनौंदेखिको तनाव उनको अनुहारबाट अचानक गायब भयो । हामी सबैलाई राम्रो लाग्यो । अब म आफ्नो जीवनबाट यो घटनालाई निकालेर अगाडि बढ्न सक्छु ।

केही महिनापछि मैले युट्युबटमा एउटा भिडियो बनाएँ । त्यसको नाम हो- ‘जुन कुरा बलात्कारको बारेमा तपाईलाई उनीहरु बताउँदैनन् ।’ के गर्नु यी सबै हुनुभन्दा अगाडि नै मैले यो भिडियो देख्न पाएको भए ! उक्त भिडियोमा यस्तो घटनाको कसरी सामना गर्ने भनिएको छ र साथसाथै के गर्नुपर्छ भन्ने कुरा पनि बताइएको छ ।

-बीबीसी हिन्दीबाट

प्रतिकृया दिनुहोस्

Loading...