यौन सम्पर्कले महिलाको आयु बढाउने वैज्ञानिकको दावी

  • एजेन्सी । 
हप्ताको एकपटक यौन सम्पर्क गर्दा महिलाहरू दीर्घजीवी हुने तथ्यलाई हालै गरिएको एक अध्ययनले बाहिर ल्याएको छ । उक्त अध्ययनका अनुसार यौन सम्पर्कका कारण तनाव कम हुने र रोग प्रतिरोधी क्षमता वृद्धि हुने देखिएको छ ।

क्यालिफोर्निया विश्वविध्यालयका अनुसन्धानकर्ताले गरेको उक्त अध्ययन अनुसार हप्तामा कम्तिमा पनि एकपटक यौन सम्पर्क गर्दा महिलाको आयु बढ्ने देखाएको हो । 

यौन सम्पर्कबाट टेलोमिरिज नामको हर्मोन वृद्धि हुने उक्त अनुसन्धानबाट पत्ता लागेको थियो । यो हर्मोनले डिएनए नाशलाई नियन्त्रण गर्ने हुनाले महिलाहरू दीर्घजीवी हुने अनुसन्धानकर्ताको दावी रहेको छ । यसबाहेक समग्र स्वास्थ्यमा पनि सुधार आउने उनीहरुले दावी गरेका छन् ।

अनुसन्धानका क्रममा शारीरिक निकटता, सम्बन्धबाट प्राप्त हुने सन्तुष्टि, यौन साथीबाट प्राप्त हुने सहयोग वा टकराव तथा तनावलाई विश्लेषण गरिएको थियो । 

यौन सम्पर्कबाट हुने सन्तुष्टि वा असन्टुष्टिले टेलोमिरिज हर्मोनको आयुमा कुनै असर नपर्ने पत्ता लागेको थियो । त्यस्तै तनाव, साथीबाट प्राप्त हुने सहयोग वा टवरावले यो हर्मोनको जीवन चक्रमा कुनै असर नपर्ने पनि पत्ता लागेको थियो ।

नियमित यौन सम्पर्कको असर लोग्ने मानिसमा कस्तो हुन्छ भन्नेबारे अनुसन्धानमा केही उल्लेख गरिएको छैन । तर नियमित यौन सम्पर्कले लोग्ने मानिसलाई घातक मुटु रोगबाट बचाउने तथ्यलाई वैज्ञानिकले पुष्टि गरिसकेका छन् । 

मानिसको रगतमा हुने होमोसिस्टिन नामको घातक रशायनलाई कम गर्ने यस अघिको अध्ययनले देखाइ सकेको छ । ताइवानका वैज्ञानिकले गरेको एक अनुसन्धानले यौन सम्पर्कबाट राम्रो रक्त सञ्चार हुने तथा रक्त नलीहरू मजवुत हुने पत्ता लागेको थियो ।

प्रतिकृया दिनुहोस्

Loading...