म्यानमार: रोहिंग्या बिद्रोहीद्वारा युद्धविराम घोषणा
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghHvfl2NYDOhSK-PeoY_hjf0PVa8Aus7bt4hygbQ6USFNM5tm_-GGAd3mVpQ8hZf_006UGKrjZc_NDIm17y7RRiOQYxOVHRcIMidx7r71n4aEZXtEcrkCqHgDAK1Ox68hA7ehAxwLhwIZC/s1600/11.jpg)
- काठमाडौं ।
म्यानमारका रोहिंग्या मुस्लिम बिद्रोहीले एक महिनाका लागि युद्धविराम घोषणा गरेका छन् ।
सरकारी सेनाको कारवाहीका कारण उत्पन्न भएको मानवीय संकटको अवस्थाबाट बाहिर निस्कनका लागि भन्दै रोहिंग्या बिद्रोही समूह अर्साले आइतबारदेखि लागु हुनेगरी एक महिनाका लागि युद्धविरामको घोषणा गरेको बिबिसीले जनाएको छ ।
अर्साले गत अगस्ट २५ मा प्रहरीमाथि आक्रमण गरेपछि म्यानमारको राखिने राज्यमा तनाव बढेको छ त्यसयता सेनाले राखिने क्षेत्रमा कारवाही अभियान चलाउँदै आएको छ । द्वन्द्वका कारण पछिल्लो दुई हप्तामा मात्रै राखिनेबाट दुई लाख ९० हजार भन्दा बढी रोहिंग्या मुसलमान बंगलादेश शरण लिन पुगेका छन् । धेरैजसो रोहिंग्या मुसलमान बंगलादेशको कक्स बजार पुगेका छन् ।
संयुक्त राष्ट्रसंघले युद्धका कारण म्यानमार छोडेका रोहिंग्या मुसलमानको मानवीय सहयोगका लागि तत्काल सात करोड ७० लाख अमेरिकी डलर खाँचो रहेको बताएको छ । कक्स बजारमा रहेका रोहिंग्या शरणार्थीका लागि खाद्यन्न, पानी तथा औषधि अत्यावश्यक रहेको र त्यसका लागि सहयोग गर्न सहयोगी संस्थासँग राष्ट्रसंघले आग्रह गरेको छ ।
बुद्धिस्ट बाहुल्य म्यानमारमा सेनाले राखिनेका रोहिंग्या मुसलमानको घर जलाएको पीडितले आरोप लगाएका छन् । तर सेनाले भने आफूहरुले त्यस्तो केही नगरेको दाबी गर्दै आएको छ ।
२०७४ भदौ २५ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...