अदालतबाट दोषी ठहर भएका लामा सहायक रथीमा बढुवा
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEil2zFJSFjn7UfA8RyW0KufWezBvnCD1QBmea34OW7JTkDlguIhXUvmbZS9nfNAvncQPQGH9zI7LpQWVCn5cxnxc7Som_hENWJ0edD7TnQsNBfvFGPP5lAIQBs-BUKWUVfdGlpDrgPo_N_9/s320/kumar-lama.jpg)
मन्त्रिपरिषदको साउन ३१ को बैठकले कुमार लामालाई नेपाली सेनाको सहायक रथीमा बढुवा गरेकोप्रति जवाफदेहीता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारले यो निर्णय कपिलवस्तु जिल्ला अदालतले मानव अधिकार हननका दोषी भनी ठहर गरेका व्यक्ति लामाको पक्षमा आएकाले अदालतको आदेशको ठाडो उल्लंघन हो भन्ने समितिको ठहर छ ।
उक्त अदालतले गोरुसिंगे ब्यारेकमा जनकबहादुर राउतलाई चरम यातना दिएकोमा लामालाई दोषी ठहर गरी विभागीय कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन आदेश गरेको थियो । नागरिक दैनिकमा खबर छ ।
प्रतिकृया दिनुहोस्
Loading...