मन्त्रीसँग रिसायो दरबारमार्ग : व्यवसायी यसो भन्छन्
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh4N9wCf_MqHPLC8XrK-XFzfcln11tMB884uh9gGjCoHl0_Yu8pmZHviO9qPGVy8kd6_1FP6nKjXEZ98NC8lrHcOzrM3L63v9AoJLeUnZkAiQfQ-B-DAZ72SyVwFdfPLHCJCc65VoZFzCTA/s1600/darbar+marg.jpeg)
- काठमाडौँ ।
राजधानीको दरबारमार्ग क्षेत्रका व्यवसायीले नेपाल आयल निगमका प्रमुख गोपाल खड्काले करोडौ भ्रष्टाचार गर्दा मौन बस्ने आपूर्तिमन्त्री शिवकुमार मण्डलले खुला व्यवसायमा ताला लगाउनु गलत नियत भएको दाबी गरेका छन् ।
उनीहरुले आपूर्ति मन्त्रालयमातहतकै आयल निगमका कार्यकारी निर्देशक खड्कालाई कारबाही गर्न नसक्ने मन्त्रीले दरबारमार्गको निजी व्यवसायलाई दुख दिने नियतका साथ नौवटा ठूला पसलमा सिलबन्दी गरेको बताए ।
खड्कालाई कारबाही गर्न नसक्ने आपूर्ति मन्त्री र मन्त्रालय दुइ चार हजारको व्यपार गर्ने व्यवसायीको पछाडि हात धोएर लागेको व्यवसायीले गुनासो गरेका छन् । आजको नागरिकमा खबर छ ।
दरबारमार्गका व्यवसायीहरुको संस्था दरबारमार्ग बिकास समिति बिकास बार्डले बिहीबार पत्रकार सम्मेलन गरी सरकारले गलत नियतका साथ पसलमा ताल्चा लगाएको दाबी गरे ।
प्रतिकृया दिनुहोस्
Loading...