कम्युनिष्ट पार्टीका सेक्रेटरीसहित ३ नेता अपहरण शैलिमा गिरफ्तार
- काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी उदयपुरका सेक्रेटरी बाबुराम सुबेदीसहित ३ नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।
उदयपुरको गाइघाटस्थित आफ्नै पार्टी कार्यालयमा छलफलमा चलिरहेको अवस्थामा एकाएक पुगेको एकहुल प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको नेकपा सगरमाथा ब्युरोले जनाएको छ ।
पार्टीको आन्तरिक छलफल चलिरहको अवस्थामा यसरी अपहरणकारी शैलीमा आफ्ना नेताहरुलाई गिरफ्तार गरेको भन्दै नेकपा सगरमाथा ब्युरो इन्चार्ज दिपेश राइले बिरोध जनाएका छन् ।
'राज्यले आम नागरिक र राजनीतिक पार्टीको अधिकारमाथि निरंकुशता लादिरहेको छ । यो हामीलाई कुनैपनि हालतमा सह्य हुदैन ।' इमान्दार मिडियासँग कुरा गर्दै नेता राइले भने -'हामी छिट्टै सङ्घर्षका कार्यक्रम घोषणा गर्दैछौं ।'
२०७४ भदौ २१ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्
Loading...