रुबिसंगको सुहागरातको दिन शिखाको म्यासेजले झस्कायो...


म विवाहका लागि राजी भएपछि घरमा बेग्लै रौनक छाउन थाल्यो । बाबामा पनि अरु बेलाभन्दा बढी फुर्तिफार्ती देखिन थाल्यो । 

मम्मी पनि सा“च्चै के–के न हु“दैछ घरमा भन्ने खालको व्यवहार गर्न थाल्नुभयो । मानिसहरू हाम्रो घरमा आइरहन्थे । उनीहरू सबै बिहेका कुरा गर्ने बहानामा चिया खान आउ“थेजस्तो लाग्थ्यो । हुँदा हुँदा मेरो मनमा पनि बिहेकै तर्कनाहरु खेल्नथाले । 

बिहेको दिन कस्तो अनुभव होला ? के होला ? मेरी हुनेवाला श्रीमती कस्ती होलिन् ? कस्तो महसुस होला ? आदि कौतुहल मेरो मनमा उत्पन्न भयो । यस्ता खुलदुलीले कता कता मलाई रोमाञ्चीत पनि बनाइरहेको थियो । वास्तवमा बिहे गर्ने सोचले मेरो मनमा डेरा जमाउँदै गएको आभास मलाई हुन थालेको थियो ।

तिन वर्षसम्म शिखाको कुनै अत्तोपत्तो नभएकाले कहिलेसम्म प्रतिक्षा गरिरहने ? भन्ने प्रश्नले मलाई घोचिरहेको थियो र विवाह नै त्यो प्रश्नको उत्तम उत्तर हो भन्ने मलाई लागिरहेको थियो । अतः सबै कुरा त्यागेर ममा बिहे गर्ने विचार दृढ हुँदै गयो । 

विवाहका लागि धेरै ठाउँमा केटी हेरियो । काली पनि हेरीयो, गोरी पनि हेरियो । डल्ली पनि हेरियो, अग्ली पनि हेरियो । पुर्वकी पनि हेरियो, पश्चीमकी पनि हेरियो । काठमाडौंदेखि नेपालगञ्जसम्म जति पनि केटीहरू हेरें, कुनै न कुनै खोट आइपथ्र्यो । कुनै कुनै केटी मन पथ्र्यो, तर ती केटीहरू ‘आई एम अलरेडी बुक्ड’ भन्ने जवाफ दिन्थे । कसै कसैले त उल्टै मलाई ‘कृपया तपार्इं मलाई कुनै खोट लगाई जानुस् न दाई’सम्म भन्थे । यस्तै–यस्तै विभिन्न किसिमका अनुभवहरू संगाल्दै केटी हेर्ने प्रक्रिया अगाडि बढिरहेको थियो । 

सोही सिलसिलामा एक दिन बुटवलमै एउटा परिवारसँग मेरो परिवारको कुरा मिल्यो । घर–परिवारमा सबै कुरा मिलेपछि मलाई केटी हेर्न भनी केटीको घरमा लगियो । वास्तवमा मैले जति पनि केटी हेरेको थिए“, ती सबैलाई म शिखासँग तुलना गर्थें । बुटवलकी कन्यालाई पनि मैले शिखासँग तुलना गर्नु कुनै नौलो कुरा भएन । ‘मानिसलाई पहिलो प्रेम भुल्न गाह्रो हुन्छ’ भन्थे । हो, मलाई त्यस्तै भएको थियो । जे–जस्तो अवस्थामा भए पनि मैले शिखालाई भुल्न सक्दिनथें । भुल्ने कोसिस गरे पनि कुनै न कुनै क्षण शिखाको याद आइहाल्थ्यो र साह्रै नरमाइलो लाग्थ्यो । त्यो बेला मनमनै भन्थें, ‘शिखा, तिमीले गल्ती ग¥यौ या मैले, केही बुझ्न सकिन तर मेरो गल्ती यही हो भने मलाई माफ गरिदेउ ।’ 

केटीको घरमा पुगियो । उनीहरू पनि धनाढ्य परिवारका नै रहेछन् । मेरो बाबा पनि आफूलाई खुब धनाढ्य परिवारकै ठान्नुहुन्थ्यो । हुन पनि हाम्रो सम्पत्ति धेरै नै थियो । बुटवलको मिलनचोकमा तिन तले पक्की घर, अनि कपिलवस्तुको जितपुरमा प्रशस्त खेत । हामी पुग्दा घरको बैठक कोठा च्याट्ट–चुट्ट मिलाइएको थियो । सफा र शानदार बैठक कोठामा बाबालगायत अरु तिन÷चार जना आफन्त भलाद्मी पारामा बसे । म भने ‘ह्या के भलाद्मी हुनु ?’ भन्दै सामान्य पारामै बस्ने कोसिस गरेको थिएँ, बाबाले आ“खाको इसाराले आफूजस्तै गरेर बस्न भन्नुभयो । मैले बाबाको आज्ञा तत्काल पालना गरीहालें । केटीका बाबा आए । दुवै पक्षवीच विविध विषयमा कुराकानी भए । 

अकस्मात एउटी केटी हातमा गिलासले भरिएको टे« लिएर आइन् । उनको बाबाले पहिले मलाई कोकको गिलास दिने इसारा गर्नुभो । उनी के–के न आज्ञाकारी छोरीजस्तै कोकको गिलास भएको ट्रे आफ्नै हातले मेरो अगाडि बढाइन् । मैले उनको अनुहार हेर्दै कोकको गिलास समाए“ । उनी मन्द मुस्कानका साथ हा“सिन् । मैले उनको मुस्कानलाई रिप्लाई गर्न खोजें तर अलि बढी मुस्कुराएछु जस्तो भान भयो । खुबै उत्सुकताका साथ सबैले मलाई हेरे । मलाई कता–कता लाज लागेको अनुभव भयो । 

हुन त मैले विवाहका लागि धेरै केटी हेरेको थिएँ । तर, कोक ल्याउने केटीलाई हेर्दा मेरो शरीरमा छुट्टै खालको तरङ्ग पैदा भएको महसुस म आफैले गरें । कतै मैले उनलाई मन पराएको हो कि जस्तो पनि लाग्यो । सबै जना कोल्ड ड्रिंक्समा मस्त थिए, मैले भने उनकै बारेमा सोंचीरहेको थिएँ । वास्तवमा उनी राम्री थिइन् । केटीमा हुनुपर्ने रूप र छटा सबै ती कन्यामा थियो । एकै छिनमा ‘केटा–केटीले कुरा गर्ने कि ?’ भन्दै मलाई प्रश्न सोधियो । सबैले मलाई मात्र हेरे । एकै छिनमा मलाई त्यहा“बाट उठाएर कन्याको रुममा जाने सल्लाह दिए । 

म पनि उनीहरूले भनेजस्तै कन्याको रुमतिर लागें । रुममा पुग्दा त्यहा“ टेबलको साइडमा एउटा अफिसियल कुर्सी रहेछ । उनले मलाई त्यो कुर्सीमा बस्न मिठो मुस्कानका साथ अनुरोध गरिन् । अनुमति पाएपछि म पनि किन ढिलो गर्नु भनेर कुर्सीमा गएर थचक्क बसें । यता–उति आ“खा डुलाए“ । उनको कोठा वास्तवमा राम्रो थियो । सामानहरू पनि मिलाएर सजाइएको । जे होस् एउटी केटीको कोठामा हुनुपर्ने सम्पूर्ण सर–सामान त्यहा“ थिए । बुक ¥याकमा आफ्ना कोर्सबुकसहित राष्ट्रिय÷अन्तर्राष्ट्रिय लेखकहरूका उपन्यास अनि समाज र राजनीतिका विश्लेषणसहितका पुस्तकहरु पनि सजाइएको देख्दा जो–कोहीलाई पनि बुझ्न गाह्रो हु“दैनथ्यो, यो रुममा बस्ने केटी अध्ययनशील र देश–विदेशको राजनीति पनि बुझ्ने खालकी रैछ । 
‘तिम्रो नाम चाहिं ?’, मैले बडो भलादमी पारामा सोधें । 
‘रूबी’, हल्का लजाए झैं गरी उनले मुस्कानका साथ भनीन् । 
‘नाम त राम्रो रहेछ नी’, मैले भनें । 
‘धन्यवाद, अनि हजुरको नाम नी?’, उनले सोधीन् । 
मेरो मुटु ढुकढुक भयो । एउटी केटीले बन्द कोठाभित्र बसालेर नाम सोध्दा कस्तो–कस्तो हुने रहेछ । 
‘सुदिन’, मैले भनें । 
अलि बढी चिच्याएछु कि क्या हो, उनले यता–उति हेरिन्, केही बोलिनन् । 
‘बैंकमा जागिर गछ्र्याै रे, कुन पोजिसनमा छौ ?’, मैले सोधें ।
‘लोन अफिसर हुँ’, उनले भनीन् । 
‘ए हो ?’, मैले भनें । 
यस्तै यस्तै के–के कुरा गरियो, गरियो । मलाई के बोलेको हु“ थाहै नभएजस्तोे लागिरहेको थियो । भोलि अफिसपछि पुनः भेट्ने दुवैको मौन समर्थनमा परिवारलाई कुरा अगाडि बढाउने खालको सल्लाह गरी त्यहा“बाट निस्किए“, हा“स्दै । 

बाहीर सबै हामीलाई पर्खेर बसेका थिए । हामीले त पूरा एक घण्टा बिताएछौेंं रुममा । ओहो, पछि लाज पो लाग्यो । त्यति बेला एउटा साथी पनि मैले लगेको थिए“ । 
‘हनिमुन पनि मनाएर आइस् कि क्या हो साले ?’, साथीले खुसुक्क मलाई जिस्क्याए । 
म त लाजले अक्क न बक्क भए“ । 

केही क्षणको बसाइपछि हामी त्यहा“बाट निस्क्यौं । वास्तवमा मलाई केही समय अगाडिबाट नै शिखाको याद आउन छाडेको थियो भन्दा फरक पर्दैन । किनकि उनीसँग भेट नभएको पनि तिन वर्ष भइसकेको थियो । कता छिन्, के गर्दैछिन् केही थाहा थिएन । मनले नै आशा मारिसकेको थियो । अब त शिखाबिना मेरो नया“ जीवन शुरु भएको थियो र म आफैमा रमाइरहेको थिए“ ।

अर्को दिन मैले अफिसबाट रूबीलाई फोन हानें । कता–कता त्यो केटीले शिखाको ठाउ“ लिएको अनुभव भइरहेको थियो । छुट्टै मजा आइरहेको थियो । फोन अलि ढिलो गरी रिसिभ भयो । 
‘हजुर नमस्ते’, उताबाट आवाज आयो । 

‘नमस्ते, चिनेको हो र ?’, मैले सोधें । 
‘अस्ति मोबाइलमा नम्बर सेभ थियो’, अलि लजाएको पारामा उनी बोलिन् । 
‘ए हो र ? अफिसमा हो ?’ मैले प्रश्न गरें ।
‘हो’, रुबीले भनीन् । 
‘बिजी हो ?’, मैले सोधें ।
‘खासै होइन’, रुबीको जवाफ । 
‘उसो भए अफिस टाइमपछि भेट्ने कि ? मलाई त किन–किन भेट्न मन लागेको छ’, मैले भनें । 
‘हुन्छ तर... घरमा भन्नुपर्ने हो कि ?’, उनले भनीन् । 
‘घरमा किन भन्नुप¥यो र ?’, मैले भनें ।
‘हुन्छ, अफिसपछि फोन गर्छु ल है ?’, रुबी सहमत भइन् । 
‘ओके’, मैले भनें । 
फोन राखिदिए“ । 

किन हो किन, आजभन्दा भोलि, भोलिभन्दा पर्सी दिनहरू रमाइला लाग्न थालेका थिए । रूबीप्रति म झन् झन आकर्षित भइरहेको थिएँ । शिखाले छाडेर विदेश गएको तिन वर्षपछि मेरो जिवनमा पुनः कुनै स्त्रीको आगमन हुन लागेको थियो र त्यो परिस्थितिले मेरो विक्षिप्त सँबेदनालाई सुम्सुम्याएको थियो । पहिलो प्रेम प्राप्तीको आशा मरिसकेको त्यो अवस्थामा धेरै समयपछि मनमा रमाइला–रमाइला कुराहरू खेल्न थालेका थिए । भूतले तर्साउन छोडेको थियो, बर्तमान सुखद बनिरहेको थियो र भविश्य सुगम बन्दैथियो । अफिसदेखि घरसम्म नै दिनहरू रोमान्टिक बन्दै थिए । फुर्तिफार्ती अलि बढेको महसुस मलाई भइरहेको थियो । 

मलाई सम्झना छ, त्यो दिन म अफिसमै थिए“ । रूबीको फोनको व्यग्र प्रतीक्षामा थिएँ । अफिस आवर चा“डै सकिए हुन्थ्यो भन्ने भाव मनमा जागृत भइरहेको थियो । सा“झ ६ बजेतिर मोबाइलमा रिङ टोन बज्यो । 
मोबाइलको डिस्प्लेमा प्लीक प्लीक गर्दै लेखिएको थियो, ‘रुबी कलीङ’ । 
तत्काल कल रिसिभ गरीहालें । 

‘तपाई कहाँ हुनुहुन्छ ? म त अफीसको गेटमा पर्खिरहेकी छु’, रुबीले भनीन् । 
म हतार–हतारमा गाडी लिएर उनको अफिसतिर लागें । उनी पर्खिरहेकी रहीछन् । उनकै छेउमा लगेर गाडी रोकें । उनी गाडीमा मेरै छेउको सिटमा आएर बसीन् । 
‘कहा“ जाने ?’, मैले सोधें । 
‘ल मलाई के थाहा, किन बोलाउनुभएको हो कुनी ? कहा“ लैजाने हो त्यो त तपाईंलाई नै थाहा होला नी’, उनले अलि घोंच्ने पारामा भनिन् । 
मैले पनि अलि रिसाएको स्वाङ् पार्दै गाडीको स्पीड बढाए“ र सरासर नाङ्लो क्याफेमा पु¥याएर गाडी रोकें । 
गाडी पार्किङ् गरें । 
‘बस्दै गर है’ भन्दै म बाथरुमतिर लागें ।

एक छिन्पछि फ्रेस भएर आउ“दा म आश्चर्यचकित भएँ । एउटा अचम्मको सँयोग जुरेछ । धेरै पहिले नाङ्लो क्याफेमा जाँदा शिखा र म जुन टेबुलमा बसेका थियांै, रुबीले पनि त्यही टेबुल रोजेकी रहिछन् र बसिछन् । आखिर त्यही टेबलमा पुनः रूबी र म बस्यांै । झल्या“स्स पुरानो कुराको सम्झना भयो । कता–कता नरमाइलो पनि लाग्यो । शिखालाई साह्रै सम्झिए“ । रूबीलाई शिखासँग तुलना नगरेको पनि होइन तर पनि शिखाभन्दा के राम्री हुन्थी र रूबी ? मन बुझाएर अथवा ठिकै त छ, भन्ने ठानेर रूबीलाई मन पराएको थिए“ । रुबी त्यही टेबलमा बसेपछि पुनः शिखालाई सम्झिए“ । शिखालाई सम्झँदा हरेक पटक मनमनै उच्चारण गर्ने त्यो एउटै वाक्य पुनः मनमा गुञ्जीयो, ‘शिखा, तिमीले गल्ती ग¥यौ या मैले गरें, त्यो त मलाई थाहा छैन, तर म यो सब गर्न म बाध्य भएँ, कृपया मलाई माफ गर ।’

‘होइन त्यसै नबोली–नबोली बस्न यो क्याफेमा बोलाएको ?’, रुबीले यसो भन्दा म झसंग भए“ । 
‘होइन, त्यस्तो होइन’, अकमकाउँदै भनें । 
हातको इशाराले वेटरलाई बोलाए“ । 
‘सर, के ल्याउँ ?’

वेटर नजिकै आएर ठिङ्ग उभिए । 
मैले उनलाई दुई कप कफी र दुई प्लेट मःमः अर्डर दिए“ । 
‘अरु केही मगाउँ ?’, मैले रुबीलाई सोधें । 
‘यति भए पुग्छ’, रूबीको जवाफ । 

अब शिखालाई सम्झनु भनेको रूबीलाई धोका दिएको ठहरिन्थ्यो । रुबीसँग लगन गाँठो कस्ने पक्का पक्की भइसकेकाले अब शिखा मेरो लागि ‘पुरानो साथी’ मात्र हुन् भन्ने सोचलाई मैले दरिलो बनाउने कोशीस गरें । अब रुबी नै मेरी हुन् भन्ने खालको व्यवहार दर्शाउने कोशीस गरिरहेको थिएँ । शिखालाई बिर्सन हरेक प्रयास गरें । रूबीसँग मैले धेरैबेर कुराकानी गरें । 

विवाहपछि कसरी जिन्दगी बिनाउने भन्नेबारे हामीले आत्मीय पाराले गफ ग¥यौं । कफी र मम पनि टेबलमा आयो । खाँदै बात मार्दैै गयौ । झनपछि झन कुराहरु रोमान्टीक बन्दै गए । रूबी पनि मसंग खुलेरै प्रस्तुत भइन् । रुबीसँगको त्यो भेटवार्ता मलाई सा“च्चै रमाइलो लागिरहेको थियो । 

‘नानी, कहा“ छस् ? घर आउन अझै टाइम लाग्छ ?’, बाबाले फोन गरेर सोध्नुभयो । 
अहो, गफ गर्दै जा“दा सा“झको ८ बजिसकेछ । वास्तवमा म सधै ७ बजेभन्दा अगाडि नै घरमा पुग्थें । 
‘बाबा अलि ढिला हुन्छ होला, साढे आठ बजेसम्म आउँछु’, मैले भनें । 
‘हैन अब जाउँ’, रूबीले मोबाइल उठाएर सायद घडी हेरिन् र भनिन् । 
‘ल ल जाउँ जाउँ’, म उनको कुरामा सहमत भएँ । 
हामी उठ्यौं ।

फर्कंदा गाडीमा केही रमाइला कुरा भए । रूबीको घर र मेरो घर जम्मा दुई किलोमिटरको फरकमा थियो । 
‘घरसम्मै पु¥याइदिन्छु है’, मैले प्रस्ताव राखें । 
‘हुन्न, हुन्न’, रुबीले आत्तिदै भनीन् । 
म पनि के कम थिएँ र ? स्टेरिङ मेरो हातमा थियो । ‘नाइ’ भन्दा भन्दै मैले उनलाई घरसम्मै छाडिदिए“ । 
हामी बिदा भयौं । 

एकान्तको किराना पसलमा आई एउटा चुरोट किनें । रोमान्टिक मुडमा चुरोट पिएँ । अनि विन्दास मुडमा घरतर्फ लागें । केहीबेरमै घर पुगें । बाबा–मम्मीहरू उही पुरानै स्टाइलमा घरमा बसेर मलाई कुरिरहनुभएको रहेछ । 

‘बिहेको मिति फिक्स गरेको छु । अबको १० दिनमा घरमा बुहारी आउने भइन्’, बाबाले भन्नुभयो । 
म अली नर्भस भएँ । अहो, अब त म बेहुलो बन्ने भएँ कल्पनाले मात्र पनि म रोमाञ्चीत भइरहेको थिएँ । 
घरको सरसफाई सुरु भयो । बिहेको तयारीको लागि सबै जना जुट्ने समय आएको थियो । सबै आफन्तलाई बाबाले घरमा बोलाउनुभएको थियो । म घर पुगेलगत्तै मेरो दाइ (ठूलो बाबाको छोरा) पनि टुप्लुक्क आउनुभयो । वास्तवमा दाइ हाम्रो घरको सल्लाहकार सरह हुनुहुन्थ्यो । खाना खाइवरी बाबा, दाइ र म बैठक कोठामा बस्यौं । बिहेको तयारीबारे सल्लाह सुरु भयो । 

‘दाइ, यो बिहेमा म निश्क्रिय बस्छु । जे मन लाग्छ, त्यही गर्नुस् तपार्इंहरू । मसँग केही आइडिया पनि छैन’, मैले सुरुमै आफ्नो पोजिसन क्लीयर गरें । 
‘ल, ल, हुन्छ’, दाइले भन्नुभयो । 
केहीबेर दाई र बाबाका कुरा सुनेर बसें । त्यत्तिकैमा मोबाइलमा म्यासेज आयो टिङटिङ गर्दै । रूबीको रहेछ । 
‘घर पुग्नुभयो ?’, रुबीको एसएमएस । 
‘एस्’, मेरो रिप्लाई । 

म्यासेज सेन्ट भएपछि पो मलाई पछुतो लाग्यो ‘एस’ मात्र लेखेकोमा । कमसेकम ‘खाना खायौ ? भनेर लेखेको भए नि हुन्थ्यो भन्ने लाग्यो । 
‘खाना खानुभो ?’, बरु रुबीको अर्को म्यासेज आयो । 
‘एस खाए“, एण्ड यु ?’, मेरो रिप्लाईसँगैको जिज्ञासा । 
‘एस्’, उनको रिप्लाई । 
‘म १५ मिनेटमा कल गर्छु है’, मैले पुनः म्यासेज पठाएँ । 
‘ओके, अफकोर्स’, रुबीको जवाफ । 
मोबाइल चार्जमा राखें । 
केही क्षण दाई, बाबा र मम्मीको कुरालाई वास्तै नगरी सरासर आफ्नो रुममा गए“, टाउको दुखेको बहाना बनाउ“दै । रुममा गएर रूबीलाई फोन गरें । 
रुबीले कल इन्ड गरिदिइन् । 
‘आइ कल यू लेटर’, उनको म्यासेज आयो । 
‘ओके’, मेरो रिप्लाई । 

धेरै बेर बिस्तरामै बसें, के–के सोचें, सोचें । मलाई बडो भिन्न अनुभव भइरहेको थियो । रमाइलो पनि लागेको थियो । केहीबेरमै रुबीको कल आयो । अनि हाम्रो गफ सुरु भयो । के–के कुरा भयो–भयो । ओहो, धेरै गफ गरियो, रातको एक बजेसम्म । 
यसैगरी रुबीसँग फोनवार्ता र एसएमएस आदानप्रदानमै दिनहरू रमाइलोसंग बित्न थाले । घरमा रोटी पकाउनेदेखि सपिङ्ग गर्नेसम्मका कामहरू भए । बाबाले हाम्रा सबै दिदीहरूलाई बोलाउनुभएको थियो । घर सजाएर चिटिक्क पारीएको थियो । दश दिन कसरी बित्यो पत्तै भएन । 
हाम्रो बिहेको दिन पनि आयो । 

यो मन बडो तरल हुँदोरहेछ । यो मन बडो भावुक हुँदोरहेछ । अनि यो मन बडो कोमल पनि हुँदोरहेछ । रुबीसँग जुन दिन मेरो विवाह तोकिएको थियो, त्यसको अघिल्लो रात मैले शिखालाई सपनामा देखें । सपनामा विचरी शिखा रोइरहेकी थिइन् । बलीन्द्र धारा आँसु झारेर रोइरहेकी थिइन् । उनको त्यो करुण क्रन्दन अनि त्यो रुन्चे मुहार बडो हृदयविदारक थियो । विहान जाग्दा सपनाको त्यो दृश्यले मेरो मानस पटललाई उद्ववेलीत बनाइरहेको थियो । कतै मैले शिखालाई ठिक त्यसैगरी रुवाउन लागिरहेको त हैन ? कतै सपनाको दृश्य यथार्थमै घटित हुने त हैन ? कतै शिखाको पवित्र प्रेमलाई मैले धोका दिन लागेको त हैन ? भन्ने प्रश्नहरु तातो झीर बनेर मेरो मुटुमा घुस्न थाले । 

घरमा खुब धुमधामका साथ बिहेको तयारी भइरहेको थियो । जन्ती जाने तरखर सुरु भइसकेको थियो । जन्ती जान भनेर इष्ट मित्र आफन्तहरु रँगी विरँगी कोटमा सजिएर भेला भइरहेका थिए । ब्याण्ड बाजा बजाउनेहरुले ‘सुर्के थैली खै ?’ बोलको गितको धुन निकालीरहेका थिए । महिलाहरु दुलही लिन जन्तीलाई बिदा गरेपछि रत्यौली खेल्ने ताकमा मस्की मस्की भेला भइरहेका थिए । सबैका लागि विवाह एउटा रमाइलो उत्सवमा परिणत भएको थियो । 

म भने किन किन खिन्न थिएँ । मनमा आत्मग्लानीको रस भरीएको थियो । पश्चातापको भाव एकाएक जागृत भएको थियो । दुलाहाको ड्रेस लगाउन म रुमभित्र गएँ । चुक्कुल लगाए“ । सपनाकी शिखाको त्यो करुण मुहारले मलाई छोडेको थिएन । त्यसले मलाई झन् झन् भाव विभोर बनाउँदै लगेको थियो । मनबाट पिडाको गुम्फन अनि मानसीक उद्ववेलन एक साथ विष्फोट भयो । भुर्इंमै पल्टिए“ र शिखालाई सम्झेर भक्कानीदै रुन थालें । मलाई चिच्याई चिच्याई रुन मन लागेको थियो । तर राम्ररी रुन पनि पाइन । उच्छवासलाई आफुभित्रै दबाउँदै घुँक्क घुँक्क गरेर आँसुका ढिका झार्दैै रोइरहें । धेरैबेर रोएँ । त्यो बेला अस्तीत्व या इश्वरबाहेक मेरो पीडा बुझ्ने कोही थिएनन् । कसलाई थाहा थियो र मेरो पीडा ? 

धेरै बेर रोएपछि आफूलाई सम्हाल्दै नया“ जीवनको तयारीमा लागें । म खुशी थिइन, तर अनुहारमा खुशीको भाव देखाउने नाटक गरिरहेको थिएँ । हरिभक्त कटवालको कविताका पँक्तीहरु सम्झीएँ ः 
‘बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नु ? 
आँसु लुकाई गहमा हाँस्नु पनि के हाँस्नु ?’

हो, हिजो–अस्तिको तुलनामा मेरो खुसी आज थिएन । शिखाको यादले तड्पिरहें, तड्पिरहें । धुमधामका साथ बाजाहरू बज्न थाले । जति–जति बिहेको समय नजिक आयो, त्यति–त्यति डर लाग्न थाल्यो । रुन मन लाग्न थाल्यो । चिच्याउन मन लाग्यो । केटा–केटीजस्तै दुई हात–खुट्टा भुर्इंमा फालेर ‘मैले बिहे गर्दिन’ भन्दै रुन मन लाग्यो । तर के गर्ने ? परिस्थितिको सनासोले मलाई न्याँकीसकेको थियो, म उम्कीन सक्ने अवस्थामा थिइन । 
यस्तो विवाह भइरहेको थियो, जहाँ बेहुला आफै बेखुस थियो । यस्तो बिवाह भइरहेको थियो, जुन बिबाहमा बेहुलीभन्दा बढी बेहुलो रोइरहेको थियो, आँसु नझारी, आवाज नगरी । बेहुलाको त्यो रुवाई झन् बेदनाले भरीएको थियो । 

शिखासँग बिताएका पलहरु झन् झन गाढा भएर स्मृतिका पानामा प्रकट हुन थाले । विर्सन सक्दै सकिन । उही नारायण गोपालको गित मेरो कानमा गुञ्जीन थाले ः 
‘यो सम्झीने मन छ, म विर्र्सुं कसोरी 
तिमी नै भनिदेउ ए...जाने निष्ठुरी’

मलाई कता कता सास फेर्नै गाह्रो भयो । मुटु काम्न थाल्यो । दिमागले कामै गरेन । ती बाजाहरू, ती जन्तीहरू पनि किन–किन मेरा शत्रुजस्तै बन्दै गए । लाग्यो, यहीं मर्न पाए पनि यी जन्तीहरू मेरा मलामी बन्ने थिए । कमसेकम अब आउने संसार त मैले भोग्नुपर्दैनथ्यो । आत्महत्यासम्मका विचारहरु मनमा उत्पन्न भए । 
एक्कैछिनमा मम्मीले टीका लगाइदिनुभयो र घरबाट विदा गर्नुभयो । 

घरमा नया“ बुहारी भिœयाउने तरखरमा सबै जना खुसी थिए । मम्मी–बाबा आफ्नो छोरा–छोरीप्रतिको दायित्व पूरा भएजस्तै भएर खुसीले गद्गद् हुनुहुन्थ्यो । मलाई सजिसजाउ गाडीमा राखेर बेहुलीको घरतर्फ लगियो । बाटोमा बाजाको तालमा साथीहरू, इष्टमित्र तथा आफन्तहरू खुब नाँचे । साथीहरू मलाई जिस्क्याइरहेका थिए । 
मेरो मन भनिरहेको थियो, ‘तिमी विचराहरूलाई के थाहा, म कति दुःखी छु भनेर । बेहुला भएर कसैलाई धोका दिंदैछु, कसैको सपनालाई चकनाचुर पारेर आफ्नो सपना सजाउन यो तमासा गरिरहेको छु । शिखाले मलाई सा“चो प्रेम गरेकी भए यो तमासा देख्न र सुन्न सक्ने थिइनन् । सायद आत्महत्या नै गर्थिन् या कहिल्यै नेपाल नफर्किने भएर उतै बस्ने थिइन् । जीवनभरि मलाई गाली गर्दा उनको प्रेमको विश्वास बम पड्किएजस्तै पड्कने थियो वा चकनाचुर हुने थियो ।’

छोटो दूरीको यात्रा भएर होला, साथी–भाइ तथा आफन्तहरू नाच्दै अघि बढदै थिए भने २०÷२५ वटा कारहरू प्रतिघण्टा २० किलोमिटरको रफ्तारमा बिस्तारै–बिस्तारै अगाडि बढिरहेका थिए । आधा घण्टाको यात्रापछि हामी बेहुली घरमा पुग्यौं । 

बेहुली घरमा धुमधामसंग बिहेको तयारी भइरहेको थियो । आगन्तुक पाहुनादेखि सम्पूर्णलाई भोजको व्यवस्था थियो । साथीहरू भोज खानतीर लागे । कोही वाइनको तालमा नाच्न थाले । मलाई भने बेहुलीसंगै जग्गेमा बसालियो । विशुद्ध हिन्दू संस्कार अनुसार विवाह अनुष्ठान सम्पन्न भइरहेको थियो । पण्डितले जानी–नजानी मन्त्र पढिरहेका थिए । 

सिन्दुर हाल्ने समय आयो । एक चिम्टी सिन्दुर हालेर उनलाई मैले आफ्नो श्रीमती बनाउने समय आयो । पण्डितले भने अनुसार विधिपुर्वक दाहिने हातको बुढी औंला र चोर औंलामा एक चिम्टी सिन्दुर टिपेर रूबीलाई लगाइदिए“ । मन ढक्क फुल्योे । सिन्दुर रुबीलाई लगाइरहेको थिएँ, मनमा भने शिखाले बास गरेकी थिइन् । तन रुबीको साथमा थियो, मनले शिखालाई सम्झीरहेको थियो । बडो विचित्रको अवस्था भएको थियो, मेरो । 

‘शिखा, मलाई माफ गर, तिमीसंग गरेका बाचाहरू जानी–नजानी मैले चकनाचुर पारें शिखा, मलाई माफ गर’, मैले मनमनै शिखासँग क्षमा मागें । 

केही छिनको पूजापछि हामी बेहुला–बेहुलीलाई खाना खान पठाइयो । भोज चलीरहेको ठाउ“तिर लाग्यांै । किन–किन खानै मन लागेन । साथीलाई सुटुक्क एउटा चुरोटको व्यवस्था गर्न भनेको थिएँ । उनले ट्वाइलेटमा चुरोट र सलाई लगेर राखेका रहेछन् । ट्वाइलेटभित्र छिरेर चुरोट सल्काए“ । चुरोट तान्दै गए“, अलिकति भए पनि मन हलुङ्गो भयो । मनमनै साथीलाई धन्यवाद दिए“ । चुरोट खाएर बाहिर आएपछि साथी टवाइलेटभित्र छिरे । हामीले त्यसैगरी सेटिङ मिलाएका थियौं । किनकी, मपछि अरु कोही ट्वाइलेट छिरेमा चुरोटको धुवा“का कारण मैले नै पिएको ठहरिन्थ्यो र हल्ला हुने डर थियो । योजना बमोजिम चुरोट पिउने र अरुको आँखा छल्ने काम सम्पन्न भयो । 

एक छिनको विश्रामपछि पुनः विवाह अनुष्ठान सुरु भयो । 

साँझको करीब ६ बजेतीर विवाहको सम्पूर्ण कार्य सम्पन्न भयो । सम्धेरो लगाउने काम भयो । सम्धी र दुलाहाका दाजु भाई र नजिकका नातेदारलाई बेहुली पक्षबाट गर गहना, पोशाक र अन्य उपहार दिने काम पनि सम्पन्न भयो । अन्तीममा रुबीलाई उनका दाइले बोकेर गाडीसम्म ल्याए । रुवाबासीका साथ बेहुलीलाई उनका माइतीले बिदाई गरे । 

बेहुली लिएर घरतर्फ लाग्यौं । बाटोमा मुड फ्रेस गर्न रूबीलाई मानिसहरु जिस्क्याइरहेका थिए । उनी नबोली चुपचाप बसेकी थिइन् । पक्कै पनि उनलाई बोल्न मन लाग्यो होला तर बेहुली भएको अवस्थामा के बोल्ने ? भनेर नबोली बसेकी होलिन्जस्तो लाग्यो । म पनि आत्मग्लानीले भरीएको थिएँ । कसैसँग बोल्न मन लागिरहेको थिएन । 

हामीले रूबीलाई घर भित्रयायौं । घरमा आउ“दा सबै जना नाचिरहेका थिए । हामी पुगेपछि सबै आ–आफनो तालमा के–के काममा लागे, म केही भन्न सक्दिन । रूबी र मैले खाना खायौं । दिनभरि शिखाको याद आएको भए पनि अब रुबीलाई भित्रयाइसकेकाले अरुका बारेमा सोच्न नहुने ठहर गरें । 

शिखाको बारेमा अब केही नसोच्ने कसम नै खाए“ । जानी–नजानी मैले गल्ती गरें या सही गरें, जे गरेको भए पनि अब रूबी नै मेरी बनेकी थिइन् । आखिर रुबी पनि त कसैकी छोरी हुन् । उनले मलाई नै आफ्नो सर्वस्व सुम्पेर मलाई नै आफ्नो ठानेर आएकी थिइन् । निर्दोष रुबीका खातिर पनि अब मैले शिखालाई विर्सनैपर्छ भन्ने दृढ सँकल्प गरें । शिखालाई भुल्दै गएँ र रुबीप्रति आफ्नो प्रेम अनुराग समर्पित गर्न थालें । शिखालाई भुल्ने कोशीस गरीरहँदा बिस्तारै मनमा रमाइलो भाव जाग्न थाल्यो । 

जब राति हु“दै गयो, तन–मनमा कता–कता विशेष अनुभव हु“दै गयो । राति १० बजेतिर साथी–भाइ सबै आ–आफ्नो घरमा गए ।रूबीलाई खोज्दै म कोठामा गए“ । रूबीसंग दिदीहरू बस्नुभएको थियो । साथीहरूले मेरो रुम गजबसंग सिंगारिदिएका रहेछन् । भित्ताहरूमा सुदिन+रूबी लेखेका थिए । कतै ‘ह्याप्पी वेडिङ्ग’ भनेर लेखेका थिए भने जताततै एक सय भन्दा बढी रँगी विरँगी बेलुनहरू झुन्ड्याइएका थिए । 

यत्रतत्र बेलुन फुलाई यत्तिकै छाडेका थिए । साथीहरूले हाम्रो सुहाग रातको तयारीका लागि कोठाको सा“च्चै रोमान्टीक डेकोरेशन गरिदिएका थिए । एक्कै छिनको बसाइपछि दिदी तथा अन्य आफन्तहरू मलाई र रूबीलाई त्यहा“ एक्लै छाडेर गए । मैले कसैले चाल नपाउने गरी तुरुन्त रुम लक् गरें । अनि रुबीको नजिक पुगें । 
‘आई लभ यू माई वाइफ’, रुबीको काननेरै गएर मिठो लवजमा भनें । 
लगत्तै उनको मेकअपले रँगीएको गालामा किस् गर्दिए“ । 
रूबी हा“सिन् मात्र । 

एक्कै छिनमा रूबीले कपडा फेर्ने बहानामा आँखाको इशाराले मलाई बाहिर जान आग्रह गरिन् । बाहिर जान हल्का लाज लागिरहेको थियो तर पानी पिउने निहु“मा गए“ । किचनमा आफन्तहरू बसिरहेका थिए । मन नलागी–नलागी एक बोतल पानी खाए“ र पुनः रुममा गएर रूबीसंग टुसुक्क के बसेको थिए“, मोबाइलमा फोनको ओइरो लागेको रहेछ । मोबाइल सेट गोजीमा थियो । 

अलि अप्ठ्यारो भएको अनुभव गरी खल्तीबाट मोबाइल निकालें र टेबुलमा राख्ने बहानामा अन्लक् गरें । साथीहरूका थुपै्र म्यासेज आएका रहेछन् । बिस्तारै–बिस्तारै पढें । म्यासेज पढ्दै गर्दा मोबाइलले एउटा इमेल आएको संकेत ग¥यो । केही नसोची इ–मेल खोलें । 
इ–मेल क s_shika@gmail.comबाट आएको रहेछ । हतार–हतार हेरेंं, इमेलमा यस्तो लेखिएको थियो– 

‘हेल्लो, मेरो प्यारो सुदिन, 
लामो समयपछि झण्डै तिन वर्ष पुग्दा मैले तिमीलाई सम्पर्क गरें है ? हेर न, तिमीलाई यसरी सम्झेकी छु, आज

 संसार जितेको अनुभव भएको छ सुदिन ....
केही समय अगाडि प्रकाशित अमृत भुसालको शिखा उपन्यासको अंश

प्रतिकृया दिनुहोस्

Loading...