कार दुर्घटनामा परी उपप्रधानमन्त्रीको निधन !
- एजेन्सी ।
झुमाकादाइरोभ चढेको कार र विपरित दिशाबाट आएको ट्रक बिशकेक–कारा–बाल्टा राजमार्ग क्षेत्रको सादोभ्य गाउँमा एक आपसमा ठक्कर खाँदा उनको शनिबार बिहान ७ः३० बजे मृत्युभएको किर्गिजिस्तानको राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।
घटनामा उनको सहयोगी र कार ड्राइभरसमेतको मृत्यु भएको थियो । घटनामा घाइते भएका ट्रक ड्राइभरलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
यसै बर्षको अगस्तमा उपप्रधानमन्त्री बन्नुभएका ३८ बर्षीय झुमाकादाइरोभ त्यसपहिले राष्ट्रिय सुरक्षा परिषद्को प्रमुखका रुपमा काम गरेका थिए ।
तस्वीर: गुगल.. २०७४ असोज २२ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...