'प्रचण्ड र बिप्लव दुईटैको उदयमा खुशिका आशु'
- -स्वर्णिम शाही।
२०५५ साल भाद्र महिना उमेरले सालाखाल १२-१३ बर्षको हुँदो हौ। पहिलो पटक अखिल क्रान्तिकारीको ईकाई कमिटीमा बसेर शैक्षिक बिकृति, बुर्जुवा शिक्षा प्रणालीको अन्त्य बैज्ञानिक शिक्षाको स्थापना र शिक्षामा नीजिकरणको समाप्ती लगायतका बिषयमा बिद्यार्थीहरुले आवाज उठाउनुपर्ने भनेर हाम्रो स्कूलमा आएका दुईजना नयाँ मान्छेहरुले यही प्रशिक्षण दिइरहेका थिए।
उनिहरुको प्रशिक्षण सुन्दा साच्चै नै नसा नसामा रगत उम्लिएको थियो। यस्ता अन्याय अत्याचार बारे बिद्रोह गर्नु पर्छ भन्ने भाब पैदा भयो। उनि प्रशिक्षण दिने ब्यक्ति भरत बम र गौरी संज्याल थिए।
हाल भरत बम (रणबीर) कम्युनिष्ट पार्टीको पोलिट ब्यूरो सदस्य छन भने गौरी संजाल त्यही समयमा केही पछी आत्महत्या गरेर मरेछन। यिनी दुईजनाको गुरु भनेकै प्रचण्ड र बिप्लब रहेछन। प्रचण्ड तत्कालीन नेकपा (माओवादी) का महामन्त्री र बिप्लब कर्णाली ब्यूरो ईन्चार्ज रहेछन।
उनैबाट दिक्षित दोय बम र संज्यालले निकै जोसिलो भाषन गरेर बाल बिद्यार्थी दिमागमा देशको बारेमा चिन्ता र चिन्तन गर्न सिकाए। यही प्रभावमा पहिलो पटक मरै नेतृत्वमा नक्कली प्रमाण पत्र ल्याएर हाम्रो श्री सरस्वती माध्यमिक बिद्यालय नानीकोट भिट्टामा बिज्ञान बिषय पढाउने शिक्षक बजाराङ वलीलाई बिद्यालयबाट निकाला गरिदियौ।
यसले बिद्यार्थी जगतमा मात्र होईन अभिभावक शिक्षक लगायत आमलाई अखिल क्रान्तिकारीको कदम र मेरो नेतृत्वलाई आशाको केन्द्रबाट हेरिएको थियो। पछी यही बिबीध प्रभावमा 2056 साल बैसाख- 4 गते जम्मा 14 बर्षको उमेरमा जनयुद्धको पूर्णकालीन कार्यकर्ता बनियो।
लेखक शाही |
जनयुद्धको बिभिन्न खण्डमा कमरेड प्रचण्डका कोटेशनहरु हलहरुमा टाँसिएका हुन्थ्ये तिनै कोटेशनहरुलाई डायरीमा सारेर कण्ठ गर्न धेरै प्रयास गर्थे। त्यही कण्ठ गरिएका केही कोटेशनहरु यस्ता थिए-"नेपाली क्रान्ति बिश्व क्रान्तिको अभिन्न अंग हो"-क.प्रचण्ड, "हाँस्दा हास्दै रोएका छौ रुदा रुदै हाँसेका छौ"-क.प्रचण्ड, र "बन्दुक, कलम र मादलको एकिकृत समायोजन नै आजको ज्वलन्त आबश्यकता हो"। क. प्रचण्ड यस्तै कोटेशनहरुले म एक क्रान्तिकारी सिपाहीका लागी ऊर्जा मात्र होईन बैचारिक खुराक बन्दथ्यो।
त्यसमा पनि कमरेड प्रचण्डले २१औं शताब्दीको जनवाद नामक नयाँ प्रस्ताव प्रतिपादन गरेर क्रान्ति सफल पछी पनि क्रान्तिकारी सत्तालाई रक्षा कसरी गर्न सकिन्छ भन्ने बिषयमा प्रकाश पार्न खोजेका थिए।
क्रान्तिकारी सत्तालाई जनपक्षिय बनाउने, सत्ता संचालनमा मुल नेतृत्व सहभागी नहुने, सत्ता चक्रिय प्रणाली द्धारा संचालन गर्ने,सत्तालाई क्रान्तिकारी पार्टीले बाहिरबाट नेतृत्व गर्ने,जनमुक्ति सेनालाई ब्यारेकमा होईन बिकास निर्माण कार्यमा संलग्न गराउने,लगायतका बिषयहरु यो २१औं शताब्दीको जनबाद नामक दस्तावेजमा समेटिएको थियो।
क्रान्ति प्रारम्भ गर्दा छ बुँदे प्रतिबद्धता पत्र पनि जारी गरिएको थियो यस अन्तर्गत पनि मलाई निकै छाप परेको भनेको "एक पटक बन्दुक उठाएपछी लक्ष्यमा नपुग्दा सम्म बन्दुक बिसाईयो भने धोका र गध्दारी हुनेछ" भन्ने बुँदाले प्रभाव पारेको थियो क्रान्तिमा धोकाधारी हुनेछैन भन्ने लागेको थियो।
पार्टी सुदृढीकरण अन्तर्गत माथी देखि तल सम्म एक तह घटुवा हुने भन्ने योजना आउँदा पार्टी र नेतृत्वको स्प्रिट देखेर चकित बन्थ्ये। ४ बुँदे फरक मत, १३ बुदे असहमती डा.भट्टराईले कान्तिपुरबाट सार्वजनिक गर्दा कार्बाही भएको क्षणलाई कमरेड प्रचण्डको कुसग्रता र क्रान्तिकारी ईमान्दारिता लागिरहेको थियो । उनी प्रति सहानुभूति भाब पैदा हुन्थ्यो।
त्यस्तै सुरुङ युद्ध, रणनैतिक प्रत्याक्रमण, ढाडमा टेकेर टाउको हान्ने जस्ता सैन्य योजना आउदा झनै क्रान्ति सफलको नजिक पुगेको अनुभूति हुन्थ्यो। यि सबै मुल नेतृत्वका हिसाबले प्रचण्डलाई नै श्रय जान्छ। २०६२ मंसिर ७ गते १२ बुँदे समझदारी पछी ६२-६३ को जनआन्दोलन भयो।
जनआन्दोलन पश्चात असार-२ गते बालुवाटारमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र माओवादी बिद्रोहीका तर्फबाट अध्यक्ष प्रचण्ड बीच ८ बुँदे सहमति भयो। २ गते राती अबेर सहमति भयो भोली बिहान ३ गते भेरी-कर्णाली र सेती-महाकाली पश्चिम कमाण्डको प्रशिक्षण डोटी जिल्लाको बिपीनगरमा आयोजना गरिएको थियो ।
त्यही कार्यक्रममा बालुवाटारबाट सिथै तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको साथ सुरक्षा सहित हेलिकप्टरबाट कमरेड प्रचण्ड डोडीमा ल्याण्ड भएका थिए ।
मेरो अघि देखिकै एउटा यस्तो चाहना थियो-जनयुद्ध हाक्ने सर्बोच्च कमाण्डर तथा अध्यक्ष प्रचण्डलाई र जनयुद्धको उद्गम थलो रोल्पाको थोवाङ्ग देखेर मरेपनि केही छैन भन्ने लागिरहन्थ्यो त्यही एउटा चाहना शान्ती प्रक्रिया सुरु भएपछी पुरा हुने अबसर मिल्यो। कमरेड प्रचण्डको लागी स्वागतको तयारी गरिएको थियो कलाकार मार्फत गीत संगीतले स्वागत गर्ने जनयुद्धकालीन कल्चर नै थियो ।
म जनकलाकार भएकोले स्वागत गेटमा गिटार भिरेर स्वागत गीतको दादरा बिट बजाईरहेको थिए कमरेड प्रचण्डलाई पहिलो पटक देख्ने दुर्लब अबसर पाए देख्नासाथ थामिनै नसकि खुशिका आँशुहरु बरबरी खस्न थाले ।
दाईने हातले कमरेड प्रचण्डसॅग हात मिलाए देब्रे हातले खुशिका आँशुहरु पुछे। हलमा प्रचण्डको उपस्थिती यस्तो लाग्थ्यो यो हल निकै गरुङ्गो भएको छ, चम्किएको छ, गहिरीएको छ, त्यतिकै अर्थबोध भएको छ।
रुप त देखिएको बोली कस्तो होला,भाषण कस्तो होला,आक्रसित गर्ने कला के होला,यिनै याबत प्रश्नहरु मन भित्रै उब्जिएका थिए। त्यही क्षणको अन्त्य क्षण भरमै भयो जब कमरेड प्रचण्ड रोस्ट्रममा उभिएँ ।
जनयुद्धको महत्व त्यसमा पनि शान्तिमा ओर्लिनुको कारणबारे बिली बिस्तार लाउन थाले भन्दै थिए-कहिले दायाँ खुट्टा चाल्ने कहिले बायाँ खुट्टा चाल्ने तर रणनीति लक्ष्यमा पुगेरै छोड्ने,अमेरिकी फोट्टीफेकेसनको काँडेतार जनमुक्ति सेनाले तोड्न नसकेपछि मेले आफै तोडि दिए ।
जो शाही सेनाका प्रमाधिपती राजालाई च्यूत गरिदिए, बालुवाटारमा प्रचण्डको तापनै भनेर पत्रकारले लेखेछन भनेर पनि भन्न भ्याएँ। त्यस्तै जनयुद्धका योद्धाहरुलाई रातो कार्ड दिने जो जता ततै फ्रि नै फ्री हुनेछ अनि जनयोध्दाको सम्मान यसरी हुनेछ भनेर हललाई नै फुरुङ्ग बनाए।
कमरेड बिप्लबसॅग प्रत्यक्ष भेट:
कर्णाली अञ्चल कालीकोट जिल्लाको कोटीला भन्ने मेरै गाउँको मेरै पुरोनो घरमा कर्णाली ब्यूरोको पहिलो राजनैतिक प्रशिक्षण कार्यक्रम रहेछ त्यसबेला म निकै सानो थिएँ जम्मा भएका मान्छेलाई रमाइलो पाराले बुझ्थ्ये तर त्यो कार्यक्रम सार्है गोप्य राखिएको थियो ।
मैले पनि आफ्नै घरमा भएकोले मात्र थाहा पाए अरुले थाहा पाउने कुरै भएन त्यही देखेको थिएँ झाम्मझुम्म कमरेड बिप्लबलाई तर खास फेसको याद भईरहेको थिएन । त्यसपछी शान्ति भएपछी नै मोहन बैद्य (किरण) को रिहाई पछी आधार ईलाका ब्यूरोले दाङमा आयोजना गरेको अभिनन्दन कार्यक्रमा कमरेड बिप्लबलाई स्पस्ट रुपमा देख्ने र हात मिलाउने अबसर पाएँ।
तत्कालीन आधार इलाकाको ब्यूरो ईन्चार्ज समेत थिए। अभिनन्दन कार्यक्रममा रिहाई भएर आउनु भएको बरिष्ठ नेता कमरेड किरणको भाषण भन्दा पनि कमरेड बिप्लवको भाषण सार्है र रशिलो,उर्जाशील,दमदार थियो हरेक शब्द शब्दमा ताली नखाएको शब्दनै हुदैनथ्यो।
यस्तो लाग्यो यस्तै नेताहरुको टिमले त क्रान्ति भएको रहेछ भनेर सोचे। पुनः कमरेड बिप्लब सुदुर पश्चिम कमाण्डरको ईन्चार्ज भएर आएपछी धेरै पटक सॅगै बस्ने खाने सम्मको अबसर मिल्यो। मुख्यतः कञ्चनपुरको बालुवाफाॅटा भन्ने ठाउँमा प्रशिक्षणको आयोजन गरिएको थियो।
त्यस प्रशिक्षणमा हाम्रा जनयुद्धका आधारभुत मान्यताहरु कमरेड प्रचण्डले बिर्सिदै र बिगार्दै गएको भनेर बिप्लबले संकेत गरेका थिए। त्यतिबेला मनमा चसक्क बिजेको थियो पछि पार्टी नै बिभाजन भयो पुनः पनि बिभाजन भयो। यसको मुल पात्र बिप्लब नै थिए।
प्रचण्डले क्रान्तिलाई प्रतिक्रान्तिमा बदलेको भनेर पुनः क्रान्ति गरेर अन्तिम लडाई जितेर छोड्ने बिप्लबले उद्घोष गरेका छन। नयाँ कार्यदिशा एकिकृत जनक्रान्ति, अन्तराष्ट्रिय परिस्थितिमा दुई धुर्बिय बिश्वमा पुगेको बिश्लेषण, अमेरिकी साम्राज्यवाद उत्तर साम्राज्यवादमा फेरिएको, भारतीय बिस्तारबाद साम्राज्यवादमा लम्केको,कम्युनिस्ट आन्दोलन र दर्शनको बिकास,न्यूनतम राजनीतिक कार्यक्रम बारे, कम्युनिस्ट पार्टीको संगठनात्मक सिद्धान्तमा बिकास, आधुनिक प्रविधिको बिकास, नगर समाजको बिकास, नयाँ बर्ग बिश्लेषण उत्पीडित जाति र जनजातिहरुबारे दृष्टिकोण, राष्ट्रिय मुक्ति आन्दोलनका लागि देशभक्त राष्ट्रबादी शक्ति ,सच्चा लोकतन्त्रबादी प्रजातन्त्रबादी शक्ति र कम्युनिस्टको सहकार्यमा क्रान्ति गर्नेमा जोड दिएका छन।
यस्तै बिभिन्न कार्यक्रममा शहीद तथा बेपत्ता परिवार,उत्पीडित जनजाति,मधेशी,पीछडिएको क्षेत्र,बर्ग लिंग अझै मुक्त नभएको पुनः क्रान्ति गर्नु पर्ने भनेर धेरै कार्यक्रममा कमरेड बिप्लबले भन्दा खुशिका आँशुहरु झरेका छन।
निष्कर्ष: -
जनयुद्धको नायक, बुर्जुवा गणतन्त्रको जन्मदाता पुर्ब जनमुक्ति सेनाको सर्बोच्च कमाण्डर कमरेड प्रचण्ड खसिको मासु झुड्याएर कुकुरको मासु बेच्ने अखडामा आफै छिरेपछी मसानघाटमा पुगेको संसदीय ब्याबस्थाको आयु अझै केही बर्ष थपिएको छ । यो धोकाधारी हो। यसमा कुनै बिबाद छैन।
समयले कमरेड प्रचण्डलाई राजनेताको सम्मान देला वा गद्दारको कालो धब्बा लगाउला त्यो ईतिहासले नै फैसला गर्ला। कमरेड बिप्लबका प्रस्तावहरु जनयुद्धका आधारभूत मान्यतासॅग सम्बन्धित छन ।
क्रान्ति सफलका लागी नयाँ परिभाषा गरेर नयाँ जोस जाँगर शाहस सबै गरेर अन्तिम बिजय गरि छाड्ने संकल्प गरेको देखिन्छ । यसलाई प्रचण्डको निरन्तरतामा नभई ईतिहासको यूगिन आबश्यकताको स्वर्णिम पहल बनोस् ईतिहासले क्रान्तिको नायक, बिश्वक्रान्तिको आशाको केन्द्रको रुपमा प्रतिक्षा गरिरहेको छ। अन्यथा नेपाली जनता मुर्गा बन्ने र अर्को शाषक जन्माउने गलत संस्कारको पुर्नबहाली नहोस।
प्रतिकृया दिनुहोस्
Loading...